फेवातालदेखि ६५ मिटरभित्र रहेका संरचना हटाउन मेयर आचार्यको उर्दी

पाेखरा | असोज १, २०७९

फेवातालदेखि ६५ मिटरभित्र रहेका संरचना हटाउन मेयर आचार्यको उर्दी

पोखरा  :  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालदेखि ६५ मिटर भित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न निर्देशन दिएका छन् । 

 

सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना नबनाउन प्रमुख आचार्यले उक्त निर्देशन दिएका हुन् । 

 

ताल किनारका विभिन्न स्थानको अवलोकनका क्रममा केही स्थानमा अदालतको आदेश विपरीत नयाँ संरचनाहरू निर्माण भइरहेको पाइएपछि प्रमुख आचार्यले ती संरचनाहरू निर्माण कार्य तत्काल रोक्नका साथै निर्माण सामाग्रीहरू जफत गर्न नगर प्रहरीलाई निर्देशन दिए । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने मेयर आचार्यले बताए । 

 

सो क्रममा लेकसाइडको खहरेस्थित भेगन रेस्टुरेन्ट चलाइरहेका व्यवसायी माधव पौडेलले अवैध संरचना निर्माण कार्य रोक्नु भन्ने सूचना दिन पुगेका नगर प्रहरीलाई ज्यान लिने धम्की दिएका छन् । उनले आफूले कुनै संरचना नभत्काउने र महानगरलाई पनि भत्काउन नदिने चुनौती पनि दिए । उनले ताल किनारमा बनाएको घर र व्यवसाय दुवै मापदण्ड विपरीत रहेको र महानगरबाट कुनै स्वीकृति नलिएको महानगरको दावी छ । 

 

प्रमुख आचार्य सहितको टोली शनिबार फेवातालको जलाधार क्षेत्रमा पर्ने सिमसार पुगेर फर्किएको छ । फेवातालको माथिल्लो क्षेत्रमा पानीको प्राकृतिक बहावलाई रोक्ने गरी ढुङ्गा माटो थुपारिएको पाइएकाले त्यसलाई हटाएर पुरानै लयमा फकाईने मेयर आचार्यको भनाई छ । सिमसार क्षेत्र कृषि प्रयोजनका लागि मात्र उपयोग गर्न पाइने र महानगरभित्र भूमिको वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको महानगरले बताएको छ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्