युवाको सारथी बन्दै ‘विष्णु पुन’
पाेखरा | भदौ ३०, २०७९

कास्की: पछिल्लो समय नेपाली राजनीतिमा युवाहरुको सक्रियता मात्रै होइन क्रेज पनि चुलिएको छ ।
युवाहरुको राजनीतिमा आक्रर्षण बढ्दै जादाँ पुराना पुस्ताहरु बिस्तारै उनीहरुलाई सल्लाह र सुझाव दिने मार्गमा छन् । त्यसोत उनीहरुमा अनुभवको ज्यादै खाँचो हुन्छ । त्यसैले अग्रजहरुले उनीहरुलाई सकरात्मक मार्गमा निर्देश गर्छन् ।
यतिबेला मनसुन सकिन लागेपनि चुनावी सरगर्मी तातिदै छ । आगामी मसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा प्रस्तुत गरिरहेका छन् ।
विभिन्न क्षेत्रबाट नाम सिफारिस भइरहेको छ । विशेषगरि यो पटकको चुनावमा नेकपा एमाले र गठबन्धनको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । विभिन्न पार्टीबाट विभिन्न क्षेत्रका लागि धमाधम नाम सिफारिस भइरहदा युवाहरुको ओइरो लागेको देखिएको छ ।
राजनीतिमा सक्रिय रहदैं आएका युवाहरु यतिबेला जनताको आवाज बोकेर प्रदेश वा संघीय सदनमा पुग्ने दाउमा छन् । र विभिन्न पार्टीबाट नाम सिफारिस भइरहेको छ । गठबन्धनसँगै नेकपा एमालेले पनि युवाहरुलाई प्राथमिकतामा राखेरै सिफारिस गरिरहेको छ ।
नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नम्बर १ ‘क’ का लागि आफुपनि सिफारिस भएको युवा नेता विष्णु पुनले जनाए । युवाहरुको सारथी बनिरहेका उनी लोकप्रिय र आस लाग्दो नेताका रुपमा परिचय बनाउँदैछन् ।
प्रखर वक्तासमेत रहेका युवा नेता पुनले अबका युवाहरुको सारथी बन्ने बताउदै देशको विकास भएको खण्डमा युवाहरु विदेश पलायन हुन नपर्ने बताए ।
‘अहिले वर्षेनी ४०-५० लाख युवाहरु वैदेशिक रोजगारीका लागि अमेरिका र कोरिया पुगेका छन्, उनले सुनगाभा न्यूजसँग भने, ‘अग्रजलाई सम्मान गर्दै युवाहरु हरेक क्षेत्रमा अगाडी बढ्न खाँचो छ त्यसैले अब यहीकै खोरियालाई कोरिया बनाउनुपर्छ ।’
उनले राजनीति आफैमा गलत नभएको बताउदै भने, ‘राजनीति आफैमा गलत छैन तर गलत व्यक्तिले गर्दा आज राजनीति गलत ढंगबाट अघि बढिरहेको छ । यसको फिल्टर हुनु जरुरी छ ।’
अब्बल नेता पुनको राजनैतिक यात्रा
नेपाल कम्युनिष्ट पार्टी एमाले र त्यसका भातृसंगठन अनेरास्ववियु, राष्ट्रिय युवा संघ, युवा संघ नेपाल, नेपाल खेलकुद महासंघ र एमालेको वडा कमिटीदेखि नगर र जिल्ला कमिटीसम्म आवद्ध भएर पुनले काम गरिसकेका छन् ।
पोखरास्थित पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर तहसम्म अध्ययन गरेका युवा नेता कलिलै उमेरदेखि नै राजनीतिमा समय लगानी गरिसकेका छन् । सानै उमेरदेखि नै राजनीतिमा होमिएका उनी अनेरास्ववियु प्राक अध्यक्ष, क्षेत्रीय सदस्य हुदैं जिल्ला कमिटी सदस्यसम्म बन्न भ्याएका छन् । उनले राजनीति मात्र नभई सामाजिक अभियन्ताका रुपमासमेत आफुलाई चिनाइसकेका छन् ।
युथ फोर्स लेखनाथ नगर कमिटीको सचिव र संयोजक हुदैं युवा राजनीतिको अनुभव बटुलेका उनी २०६९ सालमा युवा संघ नेपाल काकीको नवौं जिल्ला अधिबेशनबाट सचिवमा निर्वाचित भए ।
युवा संघ नेपाल कास्कीको २०७० सालमा कास्की जिल्ला संयोजक सम्हालेका पुनले २०७१ सालमा जिल्ला अध्यक्ष भएर काम गरि सकेका छन् । युवा संघ नेपालको २०७१ सालमा केन्द्रिय सदस्य समेत भएका थिए ।
पार्टीको विभिन्न भातृसंगठनमा रहेर काम गरेका पुन २०७८ सालमा नेकपा एमालेको दशौ कास्की जिल्ला अधिबेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएर अहिले राजनीतिमा सक्रिय छन् ।
खेलाडीहरुलाई एकताबद्ध गराउन उनलाई नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य र गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।
पोखरा: पोखराको बुद्धचोकस्थि टप्स सेकेन्डरी स्कुलमा विहीबारदेखि स्पोर्ट्स फेस्ट अन्तर्गत एसईई कप २०८२ सुरु भएको छ । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विद्यालयले स्पोर्टस् फेस्टको आयोजना गरेको हो । ...
पोखरा: गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटमा नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने भएका छन् । समुह ‘ए’ बाट स्याङजा र समुह ‘बी’बाट नवलुर विजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।&n...
काठमाडौं: नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै ...