पीएनको सुन्दरतामा अनेरास्ववियुको सरसफाई अभियान

पाेखरा | भदौ २७, २०७९

पीएनको सुन्दरतामा अनेरास्ववियुको सरसफाई अभियान


 

पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले आज (सोमबार)क्याम्पस परिसरमा सरसफाई गरेको छ । 

 

‘‘सफा, सुन्दर  अनि स्वच्छ पीएन अनेरास्ववियुको अभियान’’ भन्ने नारालाई आत्मासाथ गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले सरसफाई अभियान सञ्चालन गरेको हो । 

 

क्याम्पसको सुन्दरतामा थप सुन्दरता प्रदान गर्ने हेतुका साथ अनेरास्ववियुले यो अभियान सञ्चालन गरेको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले  बताए । 

 

क्याम्पसलाई सदावहार रुपमा   सफा, सुन्दर र स्वच्छ राख्नु हामि सबैको कर्तव्य हो, उनले भने, ‘यस सरसफाई अभियानबाट विद्यार्थीहरुमा सकारात्मक सन्देश पुग्ने र आगामी दिनमा हातेमालोको साथ सरसफाई अभियानामा अघि बढ्ने छन् ।’

 

अनेरास्ववियुले  क्याम्पसको प्रवेश द्वार(गेट) देखि शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र कानुन संकाय भवन वरपर र डिलतिर सरसफाई गरेका थिए । 

 

 


 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्