अवैध सम्बन्धले निम्त्यायो सेतीमायाको काल
कास्की | बैशाख २१, २०७९

पोखरा: पोखरा ६ लेकसाइड स्थित बिजिबी गल्लीमा बस्ने ३६ वर्षिय सन्तोष जलारी, बैशाख ५ गते घरै थिए । दिउँसो साढे १ बजे भाडा पखालेर कोठामा छिरेका के थिए । त्यतिकैमा ४४ वर्षिया सेतीमाया अधिकारी सन्तोषको डेरामा आइपुगिन ।
उनीहरुको चिनजान नयां थिएन । सेतीमाया सन्तोषको कोठामै पसिन । दुईबिच सामान्य गफ भयो । त्यतिकैमा सेतीमायाले दिउँसै रक्सी पिउने प्रस्ताव राखिन् । तर सन्तोषले स्वीकारेनन् । सेतीमायाले भनिन्, के हो भाउ बढेको हो ? सन्तोषले त्यसो नभएको जवाफ दिए । त्यसपछि दुइबिच हुने सम्बन्धको बारेमा भनाभन भयो । सन्तोषलाई सेतीमायाले गालामै झापड हानिन ।
रिसले चुर परेका सन्तोषले पनि एक झापड फर्काउने निधो गरे र हाने । सन्तोषले टाउकोमा हानेको झापड सेतीमाया छल्दा घाटीमा लाग्यो । त्यसपछि सेतीमाया काप्दै ढलिन् । सन्तोषले पानी छर्किए तर सेतीमाया उठिनन् । सेतीमायाले देह त्यागे ।
आफु फस्ने डर मान्दै उनले सेतीमायाको शव अर्काे कोठीमा गलैचाले बेरेर लुकाए । किनभने दिउँसो ३ बजे पछि छोराहरु स्कुलबाट आउने समय थियो । उनले उक्त शवलाई पन्छाउन चिसापानी सम्झे । उनले गलैचा धुन फेवाताल लाने भन्दै आफ्नो ठुलो छोरा १८ वर्षिय साजन जलारीलाई गुहारे । त्यसपछि उनले उक्त शवलाई ठेलामा हालेर पोखरा २२ मा पर्ने चिसापानी फालेर फर्किए ।
सेतीमायाको शवलाई फालेर घर फर्केका सन्तोष जलारीलाई सार्वजनिक गर्र्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले भने, ‘फेला परेको शवमा अस्वाभाविक चिन्हहरु देखिएपछि हामीले अनुसन्धान अघि बढाएका थियौ । हामीले त्यो क्षेत्रको सिसिटिभी फुटेजहरु खोज्ने क्रममा एउटा यस्तो भेटायौ जहाँ ठेला ढकल्दै गरेको दृश्य प्रष्ट छ । त्यसैमा केन्द्रीत रहेर अनुसन्धान गर्दै जादा यो सबै खुलेको हो ।’
एसपी थापाले वडा प्रहरी कार्यालयका बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक युवराज भण्डारीको सक्रियतामा यय घटनाको अनुसन्धानमा सफलता मिलेको उल्लेख गरे ।
उनले अवैध सम्बन्धकै कारण सेतीमायाको ज्यान गुमेको प्रष्ट पारे । उनको हत्यामा संलग्न रहेका पोखरा १८ का सन्तोष जलारीलाई थप अनुसन्धानको लागि म्याद थप गरिएको जानकारी दिए । मृतक सेतीमाया अधिकारी दिप्रुङ चुईचुम्पा गाउँपालिका १ खोटाङ घर भई हाल अस्थायी रुपमा पोखरा ५ मालेपाटन बस्दै आएकी थिईन् ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...