जागिरे र व्यापारी हुँदै उद्योग वाणिज्य संघको नेतृत्वतर्फ पवन

पाेखरा | भदौ १८, २०७९

जागिरे र व्यापारी हुँदै उद्योग वाणिज्य संघको नेतृत्वतर्फ पवन

पोखरा  ः केही दिन यता पोखराम दैनिक जसो वर्षा भइरहेको छ । चिसोपन महशुस भएपनि उद्योगी व्यवसायीहरुलाई भने पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनले तताइरहेको छ ।

 

भदौ २४ र २५ गते सम्पन्न हुने ३४ औँ महाधिवेशनमा नयाँ नेतृत्व लिन पोखराका व्यवसायी  पवन प्रजापति र अर्जुन पोखरेलले आ–आफ्नो प्यानल बनाएर चुनावमा होमिएका छन् । 

 

पोखरामा १३ वर्षबाट व्यवसाय सुरु गरेका पवन प्रजापतिले पोखरा उद्योग वाणिज्यको नयाँ नेतृत्व लिन व्यवसायीहरु समक्ष घरदैलोमा व्यस्त भएका छन् । 

 

पोखरामा तरकारी व्यवसायबाट अगाडी बढेका प्रजापति अहिले ५८ वर्षका भए । उनले पोखरामा १३ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएकाले संघमा आफु काम गर्न योग्य भएको बताए । 

 

प्रजापतिकाे चिनारी

 

पोखरा महेन्द्रपुलस्थित अहिलेको‘ गोरखापत्र बाजे’को पसल भएकै ठाउँमा करिब ४५ वर्ष अगाडि १३ वर्षे ठिटो पवन प्रजापति  तरकारी पसलमा व्यापार गर्थे । 

 

महेन्द्रपुलमा तरकारी व्यापारसँगै अध्ययनलाई अगाडी बढाएका प्रजापतिले काठमाडौँबाट साझा बसमा तरकारी ल्याएर व्यापार गरेका उनी अहिले भदौ २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि अगाडी सरेका छन् । 

 

१३ वर्षदेखि व्यापार व्यवसायको अनुभवसँगै पोखरामा विभिन्न व्यवसाय सुरु गरेका प्रजापति पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रत्यासी हुन् । 

 

क्षेत्रीय कृषि कार्यालयमा १२ वर्ष जागिर गरेका प्रजापतिले २०४० सालमा जागिरसँगै व्यवसायसमेत सञ्चालन गरेका थिए । 

 

त्यस समय बुवा पञ्चकुमार प्रजापतिले पोखरामा भाँडाको व्यापार गदर्थे । व्यवसायिक माहौलमा हुर्केका प्रजापतिले तरकारी पसल चलाईरहेका प्रजापतिले त्यसपछि रेस्टुरेन्ट व्यापारमा आफ्नो पाइला चालेका थिए । 

 

व्यवसायमा अगाडी बढेका उनी जागिर गरिरहँदा त्यो समयमा भारतसम्म पुगेर बालबालिकाले खेलाउने खेलौना पोखरा ल्याएर बिक्री गर्थे । २०४३ सालमा उनले ६० हजार रुपैयाँ भारतीय रकमको खेलौना पोखरा ल्याएर बेचेका थिए । २०४५ सालमा भारतले नाकाबन्दी गर्‍यो  । व्यवसायहरु चौपट भइरहेका थिए । प्रजापतिले भने चुनौतीमै सम्भावना देखे र सिसा, प्लाइ, हार्डवेयर सामग्री र भाँडाकुँडाको व्यापार शुरु गरे । फोटो फ्रेम बनाउने उद्योगसँगै उनले गिफ्ट आइटमको व्यापारलाई पनि त्यसैसँग जोडेका थिए । 

 

उनले व्यवसायसँगै काठमाडौँ– पोखरा, बेशिशहर–काठमाण्डौ, गोरखा–काठमाण्डौ पोखरा नगर बस, ट्याक्सी यातायात व्यवसायसमेत सञ्चालन गरे । 

 

एकपछि अर्काे व्यवसायमा सफल भएका प्रजापतिले पछिल्लो  समय न्यू दिप निशान किचन एण्ड गिफ्ट कर्नर सञ्चालनमा ल्याएका छन् । पोखरामा अटोमोबाइल्स, फार्म ट्रयाक कम्पनीको फोर ह्वील ट्रयाक्टर व्यवसाय गरेको अनुभव छ प्रजापतिसँग । 

 

पोखरामा नेपाली चलचित्रको निर्माणमा समेत जोडिएका प्रजापतिले तृष्णा, सडक लगायतका फिल्म निर्माणसँगै वितरण गरिरहेका छन् । उनले करिब ५ वर्षसम्म पुर्णिमा हलको संचालन समेत गरे । व्यवसायको दौरान थप अनुभव र तौरतरिका बुुझ्न उनले ३५ बढी राष्ट्रको भ्रमण गरेका छन् । 

 

 

 

दर्जनाै सामाजिक संघ-संस्थासँगकाे निकटता

 

प्रजापति पोखरा बडि बिल्डिङ संघको अध्यक्ष, कास्की जिल्ला कबड्डी संघको वरिष्ठ उपाध्यक्ष, कास्की जिल्ला बडि विल्डिङ संघको सल्लाहकार, सेन्ट्रल लायन्सको संस्थापक कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटि (कबड्डी)को सल्लाहकार भएर सामाजिक तथा खेलकुदको क्षेत्रमा आफ्नो भुमिका सफलतापुर्वक सम्पन्न गरेका छन् । 

 

प्रजापति व्यवसायमा मात्र नभएर पोखरामा संचार, स्वास्थ्य र वित्तिय क्षेत्रमा पनि सफल व्यत्तित्वमा पर्दछन् । प्रजापति सराङकोट एफएमको म्यानेजिङ डाइरेक्टरको रुपमा २ वर्ष काम गर्दा सोही समयमा सराङकोट सहकारीको स्थापना समेत गरेका थिए । त्यो सँगै गरिमा विकास बैंक र प्राइम सहकारीको स्थापनामा पनि प्रजापतिको योगदान विशेष छ । त्यस्तै पछिल्लो समय उनी लायन्स क्लब अफ अन्नपूर्ण रेञ्जको अध्यक्षको रुपमा पनि युवाहरुलाई संगठित गरेर सामाजिक कार्यहरु गर्दै आईरहेका छन् ।

 

गण्डकी मेडिकल कलेजको स्थापनाका लागि पनि प्रजापतिको भुमिका सशक्त रहेको थियो । हाल उनी सिटी वान टेलिभिनजका अध्यक्ष समेत हुन् ।

 

पोखरा उद्योग वाणिज्य संघको यात्रा

 

पोखरा उद्योग वाणिज्य संघमा २०६१ सालमा साधारण सदस्य लिएका प्रजापति २०६९ सालमा कार्यसमिति सदस्य, २०७१मा पुनः कार्यसमिति सदस्यमा रहेर काम गरेका उनी २०७३ सालमा कोषाध्यक्षमा निर्वाचित भए । 

 

२०७५को महाधिवेशनमा वाणिज्यतर्फको उपाध्यक्ष भएका प्रजापति २०७७ मा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी भदौ २४ र २५ गते पोखरामा सम्पन्न हुने ३४ औँ महाधिवेशनमा उनी अध्यक्ष पदमा प्यानल सहित अगाडी बढेका छन् । 

 

यस्ताे छ प्रजापति प्यानलको १४ बुँदे घोषणापत्र

 

पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी प्रजापतिको प्यालनले १४ बुदे घोषणापत्रसहित व्यवसायीमाझ गएको छ । 

 

घोषणापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्नु पहिलो प्राथकिमतामा उल्लेख गरिएको छ ।

 

व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलव्ध गराईने र नवप्रवद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने प्यानलको प्रतिबद्धतामा उल्लेख गरिएको छ । 

 

सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य, राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमालाईकोरुपमा भन्दा पृथक किसिमले आयोजना गर्न सरसल्लाह र सुझावको आधारमा अघि बढ्ने समुहको दाबी छ । 

 

संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान पुु¥याउने एजेण्डासहित व्यवसायीहरुलाई भोट अपिल गरेका छन् । 

 

 प्रजापतिकाे समुह

 

वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्षमा हिरामणि पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा सोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला रहेका छन् ।

 

सदस्यहरुमा प्रभा सुवेदी , बालकृष्ण कोइराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग रहेका छन् । 

काठमाडौं:    नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन हुनुभएको छ ।        कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोध...

थप पढ्नुहोस्

काठमाडौं:    बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी  संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप–२९) टुङ्गिएको छ ।  ...

थप पढ्नुहोस्

काठमाडौं:     नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।...

थप पढ्नुहोस्