मेयरको सय दिन: धरानदेखि दिल्लीसम्म
पाेखरा | भदौ १८, २०७९
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको कार्यभार सम्हालेको आज एकसय दिन पुरा भएको छ । सोही सन्दर्भमा मेयर आचार्यले सयदिनमा गरिएका सय कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।
मेयरमा निर्वाचित भएको दिन आचार्यले घोषणा गरेअनुसार पोखरालाई फुलैफुलको शहर बनाउन डिभाइडरमा फुल रोप्नेदेखि पोखरा आसपासका अग्ला डाँडाहरुमा लालिगुराँस र समथर भागमा लालुपाते रोपणको सुरुवात भएको बताए । मेयर आचार्यको अनुसार पोखरा महानगरका भित्रका स्थानीयहरुको क्षमता अभिवृद्धि गर्न तालिम देखि महागनरमा विभिन्न शीर्षकहरुमा अनुदान समेत वितरण गरिएको छ ।
महानगरले स्थानीयले गाउँमा नै स्वरोजगार बनाउन घाँस उत्पादनदेखि व्यावसायिक बाख्रापालन र कृषिमा अनुदान वितरण गरेको छ । आफु मेयरमा निर्वाचित भएपछि पहिलो पटक पोखराम ‘महानगर मेट्रो सम्मेलन’ समेत सम्पन्न गरेको उनले जनाए ।
महानगरले वडा १८, ३३, ७, ६ र २५ मा अतिक्रमण गरेको सार्वजनिक जग्गा तथा घर टहरा हटाएर खाली गरी संरक्षण गरिएको र पोखराको न्युरोडस्थित विवादमा रहेका जग्गा अदालती फैसलाबाट स्वामित्वमा ल्याएको उल्लेख गरे । ‘पोखरामा सार्वजनिक जग्गा तथा घर टहरा खाली गरी संरक्षण र विवाद रहेको जग्गा महानगरको पक्षमा अदालतले फैसला गरेकाले त्यसको संरक्षणमा महानगरको लागेको छ’ मेयर आचार्यले भने ।

ल्याण्डफिल समाधानमा धरानदेखि दिल्लीसम्म
पोखरा महानगरले ल्याण्डफिल्ड साइटको समाधान खोज्न धरानदेखि भारतको दिल्लीसम्म भ्रमण गरेको छ ।
मेयर आचार्यले सार्वजनिक गरेको एकसय दिनको काममा अत्यन्तै चुनौतीको रुपमा रहेको पोखराको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न अवलोकन भ्रमणमा निस्किएको बताए ।
धरानमा संचालनमा रहेको ग्याँस र मल उत्पादन गरिएको वेष्ट टुु इनर्जिको भ्रमण गरि पोखराको फोहोर व्यवस्थापन गर्न आफुुहरुको ध्यान केन्द्रित भएको बताए । धरानमा फोहोरलाई मोहरमा परिवर्तन गरेकाले फोहोरलाई बोझकारुपमा नलिइएको र पोखराको फोहोरलाई ग्याँस मल उत्पादनमा ध्यान केन्द्रित गरेको मेयर आचार्यको भनाई छ ।
उनले फोहोर व्यवस्थापन गर्न भारतको राजधानी दिल्लीमा ल्याण्डफिल्ड साइटको समेत आवश्यक नपर्ने गरी फोहोर मैला सम्बन्धी परियोजनाहरुको अध्ययन तथा अवलोकन गरेको जानकारी दिए । मेयर आचार्यका अनुसार दिल्लीमा फोहोरबाट बिजुली निकालिएको भन्दै आफुहरुले धरान वा दिल्लीको कहाँको व्यवस्थापन प्रयोग गर्ने भन्ने अध्ययन गरिरहेको उल्लेख गरे ।
महानगरको मातृशिशुु होस्टल संचालन
पोखरा महागनरले मातृशिशु होस्टल संचालनमा ल्याएको छ ।
महानगरले मातृ मृत्यु तथा नवजात शिशु मृत्युबाट बचाउन गर्भवती तथा सुुत्केरी महिलाहरुका लागि ५० बेडको विश्रामस्थल (होस्टल) संचालनको प्रक्रियाको शुुभारम्भ गरिएको मेयर धनराज आचार्यले बताए ।
उनले भने ‘बच्चा जन्मेको २८ दिन भित्र नवजात शिशुको मृत्यु हुने सम्भावना भएकाले महानगरले ५० बेडको विश्रामस्थल (होस्टल) संचालन गरिएको हो ।’
सयदिनको विस्तृत पूर्णपाठः
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

