नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध
चितवन | भदौ १७, २०७९

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम विहिबार सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा.सन्तोष कोइरालाले डिजि...
पोखरा: पोखरमा आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–४ स्थित सुनचाँदी पसलमा काम ग...
पोखरा: कास्कीमा असारबाट नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्यमा रोक लगाइएको छ। नदिजन्य तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबारको बैठकले सो निर्णय गरेको...