लामाचौर कपः गण्डकी र नेपाल पुलिस भलिबलमा संयुक्त विजेता

पाेखरा | भदौ १६, २०७९

लामाचौर कपः गण्डकी र नेपाल पुलिस भलिबलमा संयुक्त विजेता


पोखरा  :  पोखराको लामाचौरमा सम्पन्न भएको लामाचौर कप महिला  तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषणा गरेको छ ।

 

लगातारको वर्षापछि खेल हुन नसकेपछि आयोजक नव आदर्श सामुदायिक विकास समाजले लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषणा गरेको हो ।


निर्धारित तालिकाअनुसार १४ गते फाइनल हुनुपर्ने भएपनि वर्षाका कारण खेल दुई दिन पछि धकेलिएको थियो । तर, बिहीबारको लागि तय भएको फाइनल र तेस्रो स्थानको खेल पनि वर्षाले हुन नसक्ने भएपछि आयोजकले क्लबसँगकै सहमतिमा गण्डकी र पुलिसलाई संयुक्त विजेता घोषणा गरेको हो ।

 

नव आदर्श सामुदायिक विकास समाजले बिहीबार बिज्ञप्ति जारी गर्दै मौसम प्रतिकुलका कारण आयोजक, जुरी निर्णायक र चारवटै टिमको सहमतिमा खेल स्थगन गरी पुलिस र गण्डकीलाई पहिलो र दोस्रो वापतको पुरस्कार रकम तथा आर्मी र एपिएफलाई तेस्रो पुरस्कार रकम बराबर बाँडेर दिने उल्लेख गरेको छ ।

 

निर्णयबमोजिम फाइनलमा पुगेको नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले प्रथम पुरस्कार र दोस्रो पुरस्कारवापत जोडेर हुने कुल २ लाख ५० हजार २ सय २२ रुपैयाँ आधा आधा बाँडेर लिएका छन् । उपाधीसहित प्राप्त हुने ट्रफीमा अर्को एक थप गरी दुवै टिमलाई बाँडिएको छ ।


यसैगरी, तेस्रो स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र एफिएफले तेस्रो स्थान वापत प्राप्त हुने ५० हजार १ सय ११ रुपैयाँ बाँडेर लिएका छन् । तेस्रोलाई प्राप्त हुने ट्रफी समेत थप गरि प्रदान गरिएको जुरी कमिटी संयोजक समेत रहेका भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।

 

गण्डकीले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा तथा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

 

भदौं ११ बाट शुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेल तय भएपनि एक खेल मात्रै र दोस्रो दिन पनि एक खेल मात्रै भएपछि खेल दुई दिन लम्विन पुगेको थियो । बिहीबार पनि खेल हुन सकेन ।

 

महिलातर्फ बुधबार सर्वाधिक चार पटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले लगातार दोस्रो वर्ष तथा समग्रमा दोस्रोपटक उपाधि हात पारेको थियो ।

 

पहिलो संस्करणमा फाइनलमा पुलिस एपिएफसँग पराजित हुँदै उपाधिविमुख बन्दा अघिल्लो संस्करणमा न्यू डायमन्डलाई नै हराएर उपाधि जितेको थियो । गण्डकी प्रदेशलाई २५–१७, २५–१७ र २५–१५ ले हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको छ ।

 

महिलातर्फ पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । व्यक्तिगत विधागततर्फ न्यू डायमण्डकी प्रगती नाथ उत्कृष्ट सेटर, आर्मीकी साफिया पुन उत्कृष्ट ब्लकर, डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट सर्भर, पुलिसकी कामना विष्ट उत्कृष्ट स्पाइकर र डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित भइन् । पुलिसका रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक बने। उनीहरु सबैले ट्रफी पाएका छन् ।

 

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा गत भदौं ११ देखि भएको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको थियो । महिलातर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको थियो ।

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्