राष्ट्रिय बाल दिवसको नारा तय
काठमाडाैं | भदौ १६, २०७९
काठमाडौँ : सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी समाज’ तय गरेको छ ।
बर्सेनी भदौ २९ गते मनाइँदै आएको उक्त दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै उक्त नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिनुभयो । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको छ ।
मन्त्रालयले दिवस मनाउने क्रममा स्थानीय तह, प्रदेश सरकार, विभिन्न बाल क्लब, नागरिक सङ्घसंस्था र सञ्जाललाई आग्रह गरेको छ । मन्त्रालयले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ पनि पठाएकोे छ । सो निर्देशिका २०७८ असार २७ गते मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको थियो ।
–––
काठमाडौं: दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो । पाकिस्तानको ला...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अनुसन्धानले लाखौँ मानिसलाई प्रभाव पार्ने भएकाले उच्चतम नैतिक मापदण्ड पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आय...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग ९एनपिएल०को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्र...