बिहिबारदेखि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता, ३ हजार २ सय २३ जनाको सहभागिता

कुन जिल्लाबाट कति खेलाडी ?

पाेखरा | भदौ १५, २०७९

बिहिबारदेखि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता, ३ हजार २ सय २३ जनाको सहभागिता तस्बिर : सुदर्शन रञ्जित

कास्की:   ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता भोली (बिहिबार) देखि सुरु हुने भएको छ ।

 

युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै छनोट चरणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

 

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङले पोखरामा १६ देखि १८ गतेसम्म गण्डकी प्रदेशको छनोट चरणको प्रतियोगिता हुने बताए । उनका अनुसार सो प्रतियोगितामा गण्डकी प्रदेशको ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ३ हजार २ सय २३ जनाले सहभागिता जनाउनेछन् ।

 

तर नवौं राष्ट्रिय खेलकुदका लागि भने गण्डकी प्रदेशबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ७ सय ९ खेलाडी छनोट हुनेछन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरा लगायत अन्य स्थानमा हुने प्रतियोगितामा ४ सय ४ इभेन्टमा ४ सय ११ पुरुष र २ सय ९८ महिला गरि ६ सय ९ जना खेलाडीले गण्डकी प्रदेशको तर्फबाट राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने सदस्य सचिव गुरुङले बताए । 

 

उनले उक्त गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने बताउदै हरेक जिल्लाले प्राप्त गरेको पदकका आधारमा प्रथम, द्वित्तिय र  तृतीय घोषणा गरि च्याम्पियन ट्रफी प्रदान गरिने जानकारी दिए ।  

 

कुन जिल्लाबाट कति खेलाडी ?

 

गण्डकी प्रदेशस्तरीय छनोट चरणको प्रतियोगितामा ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ३ हजार २ सय २३ जनाले सहभागिता जनाउदैछन् ।

 

 सो मध्ये सबैभन्दा बढी कास्कीबाट सहभागिता जनाउने प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले जनाएको छ ।

 

परिषदको तथ्याङ्क अनुसार कास्कीबाट ३५ खेलका लागि ६ सय ७३ जना, नवलपुरबाट २३ खेलमा ३ सय ७८ जना, त्यसैगरि स्याङ्जाबाट २३  खेलमा ३ सय ४७ जना, बागलुङमा १९ खेलमा ३ सय ६१, तनहुँबबट १७ खेलमा ३ सय ३  जना, गोरखाबाट १६ खेलमा २ सय ३० जना, म्याग्दीबाट १५ खेलमा २ सय ८३ जना, पर्वतबाट १४ खेलमा २ सय २३ जना, मुस्ताङबाट १३ खेलमा १ सय ६६ जना, लम्जुङबाट १२ खेलमा २ सय १३ जना र मनाङबाट ५ खेलमा ४६  जना गरि कुल ३ हजार २ सय २३ जनाले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्