पोखरा उद्योग वाणिज्य संघमा मित्रवत प्रतिष्पर्धा: पोखरेल
पाेखरा | भदौ १५, २०७९

पोखरा । पोखरामा उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि रस्सकस्सी चलिरहेको छ । चुनावमा होमिन लागि अध्यक्षका २ आकांक्षीले प्यानल नै बनाएर घरदैलो अभियान सुरु गरिसकेको छ । दुवै जना छुट्टाछुट्टै टोली बोकेर फरक फरक स्थानमा उद्योगी व्यावसायीको समस्या र सुझाव सुन्दै हिडेका छन् ।
अध्यक्षका प्रत्यसीहरु हुन्, वर्तमान वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र हालका बाणिज्य उपाध्यक्ष अर्जुन पोखरेल । यिनीहरु दुवै अघिल्लो महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका थिए । जहाँ पवन प्रजापति सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् भने अर्जुनले चुनाव लडेरै निर्वाचित भएका हुन् ।
आसन्न भदौ २४ र २५ गते उद्योगी व्यापारीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा पनि सर्वसम्मतको तयारी भईरहेको थियो । तर विविध कारणले सर्वसम्मतको च्याप्टर समाप्त भएको दुवैको भनाई छ । समस्या एकातिर भएपनि निर्वाचनमा होमिएर एक जना बाहिरिने निधोमा पुगेका छन् दुवै जना ।
स्वाभाविक पनि निर्वाचनमा जितेकोले नेतृत्व गर्छ भने हारेको बाहिरिने नै हो । यसका लागि दुवै नेतृत्व लिन र बाहिनिर तयार छन् । दुवै जनाले केही नयाँ अनुुहार टिममा समेट्दै प्यानल बनाएर हिंडिरहेको छ । सोही क्रममा प्रजापतिको प्यानल पोखरा १७ पुग्यो । सो वडा अर्का प्रत्यासी पोखरेलको बसोबास भएको वडा हो ।
आफ्नो वडामा प्रजापतिको प्यानल घरदैलोका लागि आउने थाहा पाएपछि अर्जुन बिहानै हातमा खादा लिएर बसे । आफ्ना प्रतिपर्धीलाई भेट्ने बित्तिक्कै हातमा भएका खादा प्रजापतिको गलामा लगाईदिएर जितको शुभकामना दिदैं फोटो खिच्न भ्याए । अनि फेसबुकमा पोष्ट्उँदै लेखिहाले, ‘आदरणिय दाई पवन प्रजापती र वाहाको टिमलाई मेरो बसाई रहेको वडा १७ मा स्वागत र शुभकामना दिदै । मेरो सोच ः ‘संस्कार, सम्मानसँगै मित्रवत प्रतिष्पर्धा’
विविध कारण सर्वसम्मत हुन नसकेको बताउने पोखरेल पोखरा उद्योग वाणिज्य संघको अहिलेको चुनावलाई मित्रवत प्रतिष्पर्धा भन्न रुचाउँछन् । ‘हामी दाजुभाइमा कुनै तिक्तता छैन्,’ उनले भने, ‘केही कुरा नमिलेको मात्र हो । यो अधिवेशनलाई मैले मित्रवत प्रतिष्पर्धाको रुपमा लिएको छु ।’
पोखरेलको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...