पाल्पाको तल्लोकोलडाँडामा ‘साविक वडास्तरीय भलिबल प्रतियोगिता’ हुने
पाल्पा | भदौ १३, २०७९
पाल्पा: हिन्दुनारीहरुको चार्ड हरितालिका तीजको अवसरमा बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सक्रिय रहदै आएको माउण्ट एभरेष्ट युवा क्लबले वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
शहिद केवल गाहामगर ‘कुँवेर’ स्मृति खेलमैदानमा आगामी १५ गते ‘स्वस्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित ‘बगनासकाली साविक वडास्तरीय भलिबल प्रतियोगिता’ आयोजना गरिने कार्यक्रम संयोजक धिरज गाहामगरले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले नगद रु १५ हजारसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेता टोलीले नगद रु १० हजारसहित पदक तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरि सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गाहामगरले बताए ।
उनले उक्त क्लब खेलकुदसँगै सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको बताए । ‘हामीले हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्छौ, उनले भने, ‘धेरै ठुलो उपाधिराशीको प्रतियोगिता नभएपनि गाउँपालिका भित्रका खेलाडीहरुबीचको सम्बन्ध सुमधुर बनाउने हाम्रो लक्ष्य हो ।’
उनले उक्त प्रतियोगिता स्थानीय स्तरका खेलाडीहरुका लागि खेलकौशल प्रर्दशन गर्ने उपयुक्त आधार हुने बताए ।
‘हाम्रो प्रतियोगितामा स्तरीय खेलाडीहरुले सहभागिता जनाउन पाउँदैनन्, संयोजक गाहामगरले भने, ‘विशेषगरी स्थानीय स्तरको खेलाडी भाइहरुलाई आफ्नो खेल प्रर्दशन गर्ने एउटा वातावरण दिएका हौं । पछि गएर गाउँपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुन पनि सक्छ । त्यसैले यस प्रतियोगिता पुरस्कार राशीमा कमदेखिएपनि खेलाडी उत्पादनको हिसाबले महत्वपूर्ण ठानेका छौं ।’
क्लबका अध्यक्ष दान बहादुर रानामगरका अनुसार सो प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क १ हजार ५ सय निर्धारण गरिएको छ ।
सो क्लबले हरेक वर्ष विजयादशमीको अवसरमा पूर्णिमाको दिन आदिवासी जनजाति समुदायको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रमकोसमेत आयोजना गर्दै आएको छ ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०...
काठमाडौं: परीक्षणका रूपमा नि:शुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमो...
चितवन: मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ । पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरक...