पोखरामा नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी प्याराग्लाइडिङ खेलाडी छनोट
पाेखरा | भदौ १२, २०७९
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कास्की जिल्लाबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ गण्डकीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही भदौ ११ देखि १८ गतेसम्म पोखरामा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरेको सङ्घका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य वसन्तराज दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीयका लागि दुई छुट्टाछुट्टै खेलका लागि खेलाडी छनोट गरिएको हो ।
छनोट हुनेमा पुरुष क्रसकन्ट्रितर्फ विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र शेरबहादुर गुरुङ हुनुहुन्छ । त्यसमा आशिष थापा वैकल्पिकका खेलाडीका रुपमा हुनुहुन्छ । पुरुष एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा रहनुभएको छ । त्यसमा विष्णु गौतम वैकल्पिकका रुपमा हुनुहुन्छ ।
महिलातर्फको क्रसकन्ट्रिमा त्रिशा श्रेष्ठ र सुष्मिता सुनुवार तथा महिला एक्युरेसीमा कृषु पौडेल र रितु श्रेष्ठ रहनुभएको छ । छनोट भएका खेलाडीले भदौ १६ देखि १८ गतेसम्म पोखरामा हुने प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने कास्की जिल्ला खेलकुद कार्यालयका प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

