अन्डर ग्राउण्डलाई पार्किङ बनाउन महानगरको ३५ दिने अल्टिमेटम
पाेखरा | भदौ १२, २०७९

पोखरा: पोखरामा भूमिगत तला (अन्डर ग्राउण्ड) लाई पार्किङको रुपमा प्रयोगमा ल्याउन महानगरले ३५ दिने अल्टिमेटम दिएको छ ।
पोखरा महानगरपालिकाले महानगर भित्रका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन आज (आइतबार) ३५ दिने सूचना प्रकाशित गरेको हो ।
सुचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका क्षेत्र भित्र पार्किङ प्रयोजनका लागि नक्शा स्वीकृत गरी निर्माण भएका भूमिगत तला सहितका भवनहरुको भूमिगत तलाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनु भएका घरधनीहरुलाई आजका मितिले ३५ दिन भित्र भूमिगत तलालाई खाली गरी पार्किङ रुपमा प्रयोगमा ल्याउनु हुन अनुरोध गरिन्छ ।
अन्यथा कानुन बमोजिम हुुने व्यहोरा जानकारी गराईन्छ ।’ नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गर्दै सुचना अनुरुप पार्किङमा प्रयोग नगरेमा कानुनी कारवाही गर्ने जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...