अविरल वर्षाले ‘निथ्रुक्क कास्की’

कास्की प्रहरी भन्छ: ‘हामी हाई अलर्टमा छौं’

कास्की | भदौ १२, २०७९

अविरल वर्षाले ‘निथ्रुक्क कास्की’

पोखरा:  गत शुुक्रबार साँझदेखि निरन्तर भएको झरीले गण्डकी प्रदेशको राजधानी कास्की आसपास निथ्रुक्क भिजेको छ । तीनदिनदेखि परेको अविरल वर्षाकाकारण पोखरा महानगरमा आंशिक प्रभाव परेपनि कास्कीको अन्नपूर्ण गाउँपालिकामा भने असर गरेको छ । 
 

वर्षाकाकारण गाउँपालिकाको १० र ११ जाने सडक पहिरोका कारण अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन् । 

‘वर्षाका कारण १० र ११ जाने सडक अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण अवरुद्ध खुलाउन सकिएको छैन्, उनले भनि, ‘वर्षा रोकिए खुलाउछौँ र यात्रुहरुलाई गन्तव्यसम्म पुग्न सहज बनाउछौँ ।’ 

 

अधिकारीका अनुसार निरन्तरको वर्षाले ग्रामीण सडकमासमेत क्षति पुर्‍याएको  छ भने गाउँपालिकाको वडा नम्वर ३ मा एक घर पहिरोको जोखिममा परेको छ ।

 

उनले अन्य स्थानमासमेत अविरल वर्षाकाकारण बाटोघाटो अवरुद्ध भएको बताइन् । ‘यसबाहेक कुनैपनि मानवीय क्षति भएको छैन, सुनगाभा न्यूजसँग भनिन्, ‘हामीले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिसकेका छौं ।’

 

हेल्लो मादी...

 

अविरल वर्षा जारी भएपनि मादी गाउँपालिकाको अवस्था भने सामान्य रहेको गाउँपालिका अध्यक्ष देवीजंग गुुरुङले बताए । उनका अनुुसार अहिलेसम्म वर्षाका कारण कुनैपनि अप्रिय घटना भएको छैन ।

‘वर्षाका कारण दैनिक जिवनमा असर त परेको छ । केही सडकहरुमा प्रभाव परेको छ । तर गाउँपालिकामा कुनै अप्रिय घटना भएको छैन, उनले भने, नराम्रो खबर सुनाउन नपरोस् भन्ने हाम्रो कामनो छ र त्यही अनुसार हामी सजगता अपनाउन भनेका छौ ।’ 

अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाको पूर्वी भेगका वडाहरु  १, ८, ९, र १० को ग्रामीण सडकमा केही असर पुर्‍याएको  छ । 

 

हेल्लो रुपा...

 

कास्कीको रुपा गाउँपालिकामा पनि कुनै क्षति नभएको अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनले अहिलेसम्म गाउँपालकाको अवस्था सामान्य रहेको बताउदै केही वडाहरुमा पहिरोको जोखिम भएको बताए ।  ‘अहिलेसम्म त्यस्तो बाढीपहिरोका अवस्था छैन, उनले भने, ‘ तर केही वडाहरुमा पहिरोको जोखिम भएको रिपोर्टिङ आएको छ । हामीले जनप्रतिनिधिहरुमार्फते सुरक्षित तवरले रहन आग्रह गरेका छौ ।’ 

 

हेल्लो माछापुच्छ्रे  ...

 

यसैगरि माछापुच्छ्रे गाउँपालिकाको पनि अवस्था सामान्य रहेको गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । 

 

गाउँपालिका केन्द्र नजिक पहिरो खसिरहने समस्या रहेपनि यसपटक भने प्रभाव नपरेको बताइन् । गाउँपालिका तल वर्षायाममा पहिरो खस्ने गथ्र्याे अहिले त्यस्तो असर गरेछैन । गाउँपालिकामा कतै पहिरोका कारण सडक अवरुद्ध भयो भने तत्कार खोल्न गइहाल्छौं ।’ उनले भनिन् ।

 

पोखरा महानगरपालिका– नालामा खस्दा तिवारीको मृत्यु 

 

कास्कीको चार गाउँपालिकामा कुनै पनि मानवीय क्षति नभएपनि पोखरा महानगरमा भने एक किशोरले वर्षात कै कारण ज्यान गुमाएका छन् । 

 

पोखरा महानगरपालिका १९ का ११ बर्षीय रविन तिवारी शुक्रबार राति करिब ८ बजे चिप्लिएर नालामा खसेर बेपत्ता भएका थिए ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीकाले खोजीकार्य तिव्र पारेसँगै तिवारीलाई १ घण्टापछि फेला पारेका थिए । उनलाई उपचारको लागि मणिपाल पुर्याउदा अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

 

कास्की प्रहरी भन्छ: ‘हामी हाई अलर्टमा छौं’

 

जिल्ला प्रहरी कार्यालय कास्कीले संभावित जोखिम नियन्त्रणका लागि प्रहरी टोली तयारी अवस्थामा रहेको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए । 

 

उनले अहिलेसम्म पोखरा महानगरपालिकामा अप्रिय घटना नभएको जानकारी दिदै भने, ‘पोखरामा एउटा मात्रै मानवीय क्षति भयो । त्यो बाहेक अरु मानवीय क्षति भएको छैन । हामी हाई अलर्टमै छौ ।’

 

गण्डकीसहित चार प्रदेशमा भारी वर्षा: मौसम विभाग

 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।  

 

विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । 

 

भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ ।
 

सुर्खेत:     दैलेखबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको बस वीरेन्द्रनगर-१४ स्थित कटकुवा नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रूपेश खड्काका अनुसार म...

थप पढ्नुहोस्

सङ्खुवासभा:   सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार रातका समयमा परेको चट्याङ...

थप पढ्नुहोस्

तनहुँ:    तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ ।  गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त ...

थप पढ्नुहोस्