लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघमा दोहोरिए जीवन
पाेखरा | भदौ १२, २०७९
पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जीवन गुरुङ दोहोरिएका छन् ।
शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट गुरुङलाई दोस्रो पटक अध्यक्षमा सर्वसम्मत चयन भएपछि दोहोरिएका हुन् ।
गुरुङ नेतृत्व सो समितिको उपाध्यक्षमा वीरेन्द्र केसी निर्वाचित भए । यसैगरी सचिवमा दिलकुमारी मोक्तान, कोषाध्यक्षमा विष्णुबहादुर गुरुङ र सहसचिवमा सन्जु थापा मगर चयन भए ।
सदस्यहरुमा बबिता कार्की, विष्णु आचार्य, कविर गुरुङ, सुरज शाह ठकुरी, दिनेश केसी र दिप्सन गुरुङ छानिएको नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार सो संघमा २६ वटा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी आवद्ध छन् ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

