हिमाल आमा समुहलाई महिला‘टग अफ वार’को उपाधि
पाेखरा | भदौ ११, २०७९
पोखरा । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको महिला ‘टग अफ वार’(डोरी तान्) प्रतियोगिताको उपाधी हिमला आमा समुहले हात पारेको छ । महिला ‘टग अफ वार’ प्रतियोगितामा हिमला आमा समुह पोखरा २७ ले पहिलो स्थान संगै नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । कुल २४ टीमको सहभागीता रहेको उक्त प्रतियोगितामा बगर महिला समुह पोखरा १ ले दोश्रो स्थान सहित नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने पोखरा २६ मा रहेको जनकल्याण महिला समुहले तेश्रो स्थान सहित नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
त्यसैगरी कुल २० जना सहभागीता रहेको एकल महिला नृत्य तर्फ तारा नेपाली प्रथम, सोनिया बानिया दोश्रो, सीता परियार( मादी) तेश्रो र पवित्रा भुषालले शान्तवना स्थान हासिल गर्न सफल भइन । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र शान्तवना स्थान हासिल गर्नेले क्रमश नगद २०००, १५००, १००० र ५०० रहित प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विजयीहरुलाई रुपा गाउपालिकाका अध्यक्ष नवराज अधिकारी, खेलकुद महासंघ गण्डकी प्रदेश अध्यक्ष विष्णु पुन, खेलकुद महासंघ कास्की अध्यक्ष दुर्गादत्त पोखरलेल लगायतले पुरस्कार प्रदानन गरेका थिए ।
उक्त प्रतियोगिताको उद्घाटन गर्दै नेकपा एमाले कास्कीका ईन्चार्ज कृष्ण थापाले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कास्कीबाट ४ जना महिलालाई उमेदवार उठाउने बताए का छन । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीबाट संघमा एक र प्रदेशमा तीनजना महिला उमेदवारका रुपमा उठाउने र त्यसको टुंगो समेत लागिसकेको वताए ।
एमालेको लाल किल्लाको रुपमा चिनिने कास्कीमा यो पटकको संघ र प्रदेश निर्वाचनमा एमालेले महिलालाई पार्थमिकतामा राखेको वताउदै थापाले कास्कीको तीन निर्वाचन क्षेत्र मध्य संघमा एक र प्रत्येक निर्वाचन क्षेत्रमा लक्षित गरी प्रदेश सभामा तीन जना महिलालाई उमेदवार बनाउने र त्यसको टुंगो समेत लागिसकेको बताएका हुन ।
त्यसैगरी थापाले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा पांचदलिय गठबन्धन संग एमाले एक्लै चुनामा जांदा एमालेका उमेदवारहरु हारेतापनि निर्वाचनको परिणामले नेकपा एमाले पहिलो दल भएकाले कुनैपनि हालतमा पांचदलको गठबन्धनको उमेदवारलाई पराजित गर्नेगरि सम्पुर्ण कार्यकर्ताले दृढ संकल्पका साथ लाग्नुपर्नेमा उनले जोड दिए । लोक तन्त्र र गणतन्त्र नचाहनेहरु सल्वलाईरहेको र पाँच दलिय गठबन्धन बिकास भन्दापनि आफ्नो स्वार्थमा लागेको उनको भनाई रहेको थियो ।
नेकपा एमाले कास्कीको उपाध्यक्ष तेजनारायण अधिकारिले महिला दिदीबहिनी पुरुष भन्दा कम छैन भन्ने भनाईलाई यथार्थमा देखाउनका लागि खेलकुद महासंघले महिला ‘टग अफ वार’ प्रतियोगिता आयोजना गरि महिला दिदीबहिनी बीच सद्भाव कायम गराउन मुख्य भुमिका खेलेको वताउदै अधिकारीले पनि मंसिर ४ को निर्वाचनमा एमालेको पक्षमा मत बटुल्नका लागी अभियान चलाउन आवश्यक रहेको वताए ।
नेपाल खेलकुद महासंघ प्रदेश कमिटी गण्डकीका अध्यक्ष विष्णु पुनले खेलकुद महासंघ एमालेको कान्छो भातृ संगठन भएतापनि छोटो समयमा रचनात्मक काम संगै मौलिक खेलहरु संगै महिलाहरु लाई पनि डोरि तान्ने खेलहरुमा सहभागी गराएर अगाडि वढिरहेको र आफुहरुको संगठन पार्टीले अंगीकार गरेको बाटोमै अगाडि वढ्ने समेत वताए ।
नेपाल खेलकुद महासंघ जिल्ला कमिटि कास्कीको अध्यक्ष दुर्गा दत्त पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोखरा महानगर पोखरा २६ का अध्यक्ष राम चन्द्र तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने एमाले पोखरा २७ का अध्यक्ष सूर्यमणि लामिछाने लगायतले स्थानिय तहको निर्वाचनको समिक्षा गर्दै संघ र प्रदेश तहको निर्वाचनमा सवै तह र तप्काबाट कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिएका थिए । नेपाल खेलकुद महासंघ जिल्ला कमिटि कास्कीका सचिव शिवराज सुवेदीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

