बुवा–छोरीको मृत्युपछि आफन्तले गरे पोखरा–हेम्जा सडकखण्ड अवरुद्ध

कास्की | बैशाख १९, २०७९

बुवा–छोरीको मृत्युपछि आफन्तले गरे पोखरा–हेम्जा सडकखण्ड अवरुद्ध

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार कारको ठक्करबाट ज्यान गुमाएको बावु छोरीको पक्षमा न्याय माग्दै आफन्तहरुले सडक अवरुद्ध गरेका छन् । ठक्कर दिएर फरार रहेका कार चालक एन्जल बम मल्ललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ नगरेको भन्दै करिब २ सय जनाको उपस्थितिमा पोखरा  २५ स्थित याम्दी पुलमा सडक अवरुद्ध गरेका हुन् ।

 

उनीहरुले यसअघि विहान जिल्ला प्रहरी कार्यालय कास्की अगाडी विरोध प्रदर्शन गरेका थिए । 

पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कुश्मा नगरपालिका ४ का ४५ वर्षिय जितबहादुर पुनको आज उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो भने उनको १८ वर्षिया छोरी सविना पुनले आइतबारनै ज्यान गुमाएका थिए । 

 

मृतक परिवार तथा आफन्तहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राख्दै आएका छन्  ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्