मृगौला पीडितको नाममा सन्तोष र सुवासको ठगी धन्दा

उजुरी दिने तयारीमा पीडित

पाेखरा | भदौ ६, २०७९

मृगौला पीडितको नाममा सन्तोष र सुवासको ठगी धन्दा

 

 

पोखरा ।  सुुन्दर शहर पोखरामा सुुनौलो भविष्य खोज्दै ग्रामीण भेगका विद्यार्थीसँगै सर्वसाधारणको लर्को छ ।  

 

कतिले आफ्नो सपना पुरा गरेका छन् भने कति जागिरको आशमा ठगिने क्रम बढ्दो छ । पोखरामा ठगी गर्नेहरुको गिरोह फरक फरक समयमा भेटिन्छन् । नक्कली डाक्टर भनेर ठगी गरेको विषय चलिरहँदा फेरि समाज सेवाको नाममा ठगी गरेर फरार भएको अर्को घटना बाहिर आएको छ । 

 

स्वयंसेवक समाज नेपाल संस्था दर्ता गरेर दुई व्यक्तिले पोखरामा लाखौ ठगी गरेर फरार भएका छन् । विशेषगरी जटिल रोग लागेर सहयोगको खाचो परेका व्यक्तिहरुलाई उनीहरुले ठगी गर्ने गरेको खुल्न आएको छ । 

 

र सुरु भयो ठगी धन्दा 

​एक पीडितका अनुसार पोखरा नदिपुर बस्ने नाम परिवर्तन (राम बहादुर) लाई मृगौलाको उपचार गर्न आर्थिक अभाव भइरहेको थियो । पोखराको व्यस्त शहरमा एक्कासी उनको नजर स्वयमसेवक समाज नेपाल ब्यानर लेखिएको गाडीमा नजर पर्यो । फोन नम्बर टिपे र घरमा गएर फोन गरे । 

 

सहयोगको अभियान संचालन भयो रकम संकलन भयो तर आधा रकम लिएर उनीहरु फरार भए । स्वयम सेवक समाज नेपाल संस्थाले मृगौला पीडित र क्यान्सर रोग लागेको व्यक्तिहरुको नाममा रकम संकलन गरेर बिरामी र विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको पिडितहरुको गुनासो छ । 

 

संस्थाले अहिले कति रकम ठगी गरेको छ भनेर खुल्न आएको छैन् । ठगी गर्दै आएका उनीहरु प्रहरीको फरार सुचीमा रहेको स्रोतले बतायो । 

 

मृगौला पीडितका अनुसार आफ्नो नाममा संकलन भएको ६ लाख बढी  रकम मध्ये ४ लाख मात्र पाएको र बाँकी रकम उपचार भएको १६ महिना बितिसक्दा समेत कहिले दिने भनेर आफुलाई पिडामा झन् पिडा थपेको पिडितले बताए । ‘उनीहरु ठगी धन्दामा फरार सुचीमा रहेको जानकारी पाएको छु त्यसैमा आफुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेको छु ।’ पीडितले भने । 

 

अहिले उनले उपचार गरेको १६ महिना बितिसकेको छ तर उनले आफ्नो नाममा संकलन भएको पुरा रकम भने पाउन सकेका छैनन् । उपचार हुनुपूर्व उनलाई संस्थामा संचालक सुवास र सन्तोष बिक नाम गरेका व्यक्तिहरुले दिन दुखी र उपचारका क्रममा सहयोग गर्छौ भनेर बिरामीलाई पिडा दिएर लाखौँ ठगी गरेर फरार भएको पिडितको बिरामीले सुनगाभा न्यूजलाई जानकारी दिए । 

 

बागलुङ घर भएका लक्ष्मी थापा अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् । उनले पोखरा जव सेन्टरले कर्मचारी आवश्यकता सम्वन्धी विज्ञापन गरिरहेको थाहा पाएपछि उनी स्वयमसेवक समाज नामक संस्थामा जोडिए । 

 

अध्ययनसँगै पोखरामा सुन्दर भविष्य खोजेका थापाले जागिरसँगै विरामीको सेवा गर्न पाउँदा भाग्यमानी नै ठानिन् । पोखरा जबसेन्टरमा १५ हजार तलब भनिए पनि संस्थामा जाँदा १८ हजार तलब दिने आश्वासन दिए । तर तलब आश्वासनमा सिमित भएको उनको आरोप छ । 

 

‘हामी १८–२० जनाको संख्यामा त्यस संस्थामा गएका हौँ । सुरुमा ५ जनाको ग्रुप बनाएर विरामीको नाममा पैसा संकलन गर्न भनियो, उनले भनिन्, ‘पोखरामा हामीले एक ग्रुपले झण्डै ४ देखि ५ हजार संकलन भयो । तर यो पैसा लिएर उनीहरु महिना दिनमा फरार भए ।’ 

 

थापाका अनुसार बिरामीको नाममा उनीहरुले लाखौँ ठगी गरेका छन् । दिनमा एक ग्रुपले ४ हजार संकलन गर्दा ४ ग्रुपले पोखरामा अनुमान गर्दा ८० हजार रुपैयाँ संकलन हुन्छ यसरी हिसाब गर्दा महिना दिनमा लाखौँ संकलन भएको उनको अनुमान छ । 

 

पोखराको रवी होटलमा उनीहरुलाई संस्थाले गर्ने कार्यहरुको बारेमा विकहरुले गोष्ठी कार्यक्रम संचालन गरेका थिए । संस्थाका संचालनक भनिएका विकले  कर्मचारी भनेर झापा देखि दुईजना व्यक्तिहरु लिए कार्यक्रममा खर्च भएको रकमसमेत कर्मचारीहरुको नाममा दर्ता गरेर कर्मचारीलाई नै ठगी गरेको बताइएको छ ।

म्याग्दीः   डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ।   पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्य...

थप पढ्नुहोस्

गोरखाः  वि.सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।   बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको...

थप पढ्नुहोस्