पोखरामा सम्पन्न एक्यान फुटसलको उपाधि ‘एक्यान सेन्ट्रल’लाई

पाेखरा | भदौ ५, २०७९

पोखरामा सम्पन्न एक्यान फुटसलको उपाधि ‘एक्यान सेन्ट्रल’लाई

पोखरामा  सम्पन्न भएको फुटसलको  उपाधि एक्यान सेन्ट्रलले हात पारेको छ । फाइनल म्याचमा पिकेएफटिआरलाई पछि पार्दै एक्यान सेन्ट्रलले उपाधि हात पारेको हो । एक्यान सेन्ट्रलले पिकेएफटिआरलाई दुई गोल गर्दै जित हात पारेको हो ।

 

९ टिम सहभागी खेलमा दुई समुहमा विभाजन गरी खेल खेलाइएको थियो । सहभागी टिममध्ये एक्यान कास्की, एक्यान चितवन, एक्यान सेन्ट्रल र पिकेएफटिआर सेमिफाइनलमा भिडेका थिए । 

 

एक्यान कास्की र चितवनलाई पछि पार्दै फाइनलमा पुगेको पिकेएफटिआर फाइनलमा भने एक्यान सेन्ट्रलसँग हार ब्यहोर्नु पर्यो । सेन्ट्रल र पिकेएफ दुवै काठमाडौंबाट आएको टिम हो । शुक्रबार गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलको उद्घाटन गरेका थिए भने पुरस्कार वितरण तथा कार्यक्रमको समापन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्ने कार्यक्रम थियो । तर, कार्य व्यस्तताका कारण मेयर आचार्य उपस्थित हुन नसकेपछि एक्यान पदाधिकारीहरुले नै विजयी टिमलाई पुरस्कार वितरण गरेका थिए ।

 

खेलमा विजयी टिमलाई नगद १ लाख रुपैयाँ नगद मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने फस्र्ट रनर अपलाई ६० हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । खेलमा सबैभन्दा धेरै गोल एक्यान चितवनका सन्दीप कुमार फुँयाललाई हाइयेस्ट स्कोर उपाधि दिइएको थियो । फुँयालले ६ गोल गरेर खेलमा उत्कृष्ट प्रर्दशन गरेका थिए । यस्तै, बेस्ट गोलकिपर एक्यान सेन्ट्रलका शैलेस कट्टेलले हात पारेका छन् । पूरा खेलमा कट्टेलले १ गोल पनि गर्न दिएनन् । खेलको बेस्ट प्लेयर उपाधि एक्यान सेन्ट्रलका सुशान नगरकोटीले हात पारेका छन् । नगरकोटीले पूरा खेलमा ४ गोल गरेका थिए ।

 

खेल समुहका ९ मध्ये पिकेएफटिआरका म्यानेजर तिर्थराज अर्यालले बेस्ट म्यानेजरको उपाधि हात पारे । बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट गोलकिपर, टप स्कोरर र बेस्ट म्यानेजर पाँचै जनालाई नगद ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । फुट्सल टुर्नामेन्टको आयोजना चार्टर्ड एकाउन्टेन्स संघ९एक्यान०कास्कीले गरेको थियो । यसअघि चितवनमा पनि फुट्सल टुर्नामेन्ट आयोजना गरिएको थियो । कार्यक्रममा एक्यान पदाधिकारीहरुले सातै प्रदेशमा फुट्सल टुर्नामेन्ट गर्दै जानुपर्ने बताएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ।   आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...

थप पढ्नुहोस्

रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...

थप पढ्नुहोस्

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ।   परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...

थप पढ्नुहोस्