भक्तपुरको गाईजात्रा सम्पन्न
काठमाडाैं | भदौ ३, २०७९

नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । भक्तपुरमा जनै पूर्णिमाको साँझ सुकुलढोकास्थित नाट्यश्वरी मन्दिरमा गुठी संस्थानले विधिपूर्वक पूजा गरी सरकारी घिन्ताङघिसी नाचलाई नगरपरिक्रमा गराऐसँगै गाईजात्रा शुरु भएको थियो ।
गाईजात्राको अन्तिम दिन आज पनि भक्तपुरका विभिन्न स्थानबाट हास्यव्यङ्ग्यसहितको ख्याली प्याखँ (हास्य नाच) प्रदर्शन गरिएको थियो । मानिसहरु अनेक प्रकारका वेशभूषामा सजिएर जात्रा अवलोकन गर्नेहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । विभिन्न टोलटोलबाट आज पनि घिन्ताङघिसी नाच प्रदर्शन गरिएको थियो ।
आजै भक्तपुरको सूर्यमढीस्थित वाकुपतिनारायणलाई दीप प्रज्वलनसहित नगरपरिक्रमा गराइएको थियो । सो नगरपरिक्रमा कार्यक्रममा हजारौँ स्थानीय बासिन्दाहरु परम्परागत नेवारी पोशाकमा हातमा धूप बालेर सहभागी भएका थिए । सो अवसरमा हातमा दियो बालेरसमेत स्थानीयवासी सहभागी भएका थिए ।
गाईजात्राको समापनसँगै गाईजात्राको अवसरमा प्रदर्शन गरिएका देवी नाच, महाकाली नाच, भैरव नाच, लाखे नाच, बाँदर नाचलगायतका साँस्कृतिक र पौराणिक नाचहरुको प्रदर्शनसमेत सम्पन्न भएको छ ।
काठमाडौं: नेपाल शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलन आज १८औं दिनमा पुगेको छ। विद्यालय शिक्षा विधेयक, २०८१ को यथाशीघ्र पारितीलगायतका मागसहित राजधानी केन्द्रित आन्दोलनमा उत्रिएक...
पोखरा: कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ हो घान्द्रुक । जुन निकै लोकप्रिय गन्तव्यहरुको लिस्टको अग्रभागमा पर्ने ठाउँ हो । आन्तरिक र बाह्य प...
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा शनिबारदेखि दोस्रो चरणका खेल हुने भएको छ । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि ...