एक्यान फुट्सलको कानुन मन्त्री थापाद्वारा उद्घाटन
पाेखरा | भदौ ३, २०७९
पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्स संघ९एक्यान०कास्कीको आयोजनामा पोखरामा सुरु भएको एक्यान फुट्सल टुर्नामेन्टको उद्घाटन भएको छ । पोखरामा ३ र ४ गतेसम्म चल्ने फुट्सल टुर्नामेन्टको गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गरेका हुन् ।
मन्त्री थापाले गोलपोस्टमा गोल हानेर खेलको उद्घाटन गरेका थिए । खेलको उद्घाटन गर्दै मन्त्री थापाले एक्यानले आयोजना गरेको फुट्सलको माध्यमबाट एक अर्कासँग जोडिने वातावरण मिलेको भन्दै खुसी व्यक्त गरे । खेलले भाइचारा, मेलमिलाप बढाएको उनको भनाई थियो । ‘प्राविधिक क्षेत्रमा अब्बल तपाईंहरु खेलमा सक्रिय भएको देखेर निकै खुसी लागेको छ । अहिलेको युवा पिढीहरु गलत प्रवृद्धीतर्फ अघि बढी रहँदा नैतिकवान स्वस्थ्य र अब्ब्ल समाज बनाउन खेलमा लाग्नु निकै महत्वपूर्ण छ,’ उनले भने ।
मन्त्री थापाले नीति तथा योजना साथै बजेट बनाउँदा चार्टर्ड एकाउन्टेन्सहरुसँग पनि जोडिने प्रतिबद्धता व्यक्त गरे । चार्डर्ड एकाउन्टेन्स गण्डकीका अध्यक्ष सागर लामिछानेले कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै २०३४ सालमा स्थापना भई ४५ साल लामो गरिमामय इतिहास बोकेको बताए । हाल ११ जिल्ला र ८ प्रदेशमा कमिटी गठन भएको उनले सुनाए । केन्द्रमा हाल १९ जनाको कमिटी रहेको उनले बताए । सिएहरु पेशागत व्यस्ततामा साथै स्वास्थ्यमा पनि सबल बनेर स्वस्थ्य समाज निर्माणमा भुमिका खेल्ने उनको भनाई थियो । एक्यान उपाध्यक्ष सुसिल घिमिरेले आगामी दिनमा पनि यस्ता कार्यक्रम भई रहने बताए । यसले भातृत्व कायम राख्न सघाउने उनले बताए ।
एक्यानका निर्वतमान अध्यक्ष आनन्दराज शर्मा वाग्लेले फुट्सलले भाइचारा बढाउन समेत सहयोग मिल्ने बताए । यस्ता कार्यक्रमले संघीयता बलियो बनाउन पनि सहयोग मिलने उनको भनाई छ । फुट्सल भदौ ३ र ४ गते दुई दिनसम्म चल्ने छ । एक्यान कास्कीका अध्यक्ष तथा फुट्सल टुर्नामेन्टका संयोजक विवेक श्रेष्ठले खेलबारे जानकारी दिएका थिए । खेलमा ९ टिमको सहभागीता रहेको छ । देशभरका ३ सय बढी चार्टर्ड एकाउन्टेन्स फुट्सल टुर्नामेन्टमा सहभागी छन् ।
पोखरा: पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने)खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको १ सय १ दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ ।&n...
पोखरा: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पाँचौ पटक कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । गत कात्तिक २५ गते १३ दिनका लागि थप गरिएको म्याद स...
आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहु...