बाढी अपडेट: माथिल्लो त्रिशूली-१ को सुरुङभित्र थप १३ शव फेला

रसुवा | असोज ४, २०८३

बाढी अपडेट: माथिल्लो त्रिशूली-१ को सुरुङभित्र थप १३ शव फेला Filed Photo

रसुवा:   माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्। 

 

आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबार थप शव फेला पारेको हो। सुरुङभित्र नेपाली सेना र प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त उद्धार टोली खोज तथा उद्धारमा खटिएको छ। 

 

संयुक्त उद्धार टोलीले खोजी गर्दा कंक्रिटिङको लागि तयार पारिएको रिबारको जालमा अल्झिएका र हिलिङ ढल्किएको अवस्थाका शव भेटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। हालसम्म अडिट-३  क्षेत्रबाट निकालिएको शवको संख्या ३७ पुगेको छ। 

 

अडिट-३ क्षेत्रबाट निकालिएका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्बास्वास्थ्य परिसरमा राखिएको छ। मृतकका परिवार तथा आफन्तलाई शवको सनाखत गर्ने कार्यमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय, नुवाकोटले सूचनामार्फत अनुरोध गरेको छ।

 

स्थल खोजीका लागि सर्च डग (तालिम प्राप्त कुकुर) सहितको टोलीले उद्धार कार्य जारी राखेको छ। साथै, कम्पनीको दुईतर्फी टनेलको मिनि एक्साभेटर प्रयोग गरि उद्धार तथा खोजी कार्य पनि जारी राखिएको छ।

 

गत भदौ १० गतेको भोटेकोसी बाढीपछि यस आयोजनामा कार्यरत अझै ४५८ सम्पर्कविहीन छन्।

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्

काठमाडौँ।  मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ।   शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...

थप पढ्नुहोस्

पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे ।   जिल्ला प्रहरी कार्य...

थप पढ्नुहोस्