लोमन्थाङका वडाध्यक्ष विष्टको निधन
गाउँपालिकामा शोक बिदा
मुस्ताङ | बैशाख १६, २०८३
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए ।
लोमन्थाङका समाजसेवी तथा सामाजिक क्षेत्रमा सक्रिय विष्ट २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
स्वर्गीय विष्टको आन्द्रामा समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि गाउँ गएका विष्ट त्यसपछि अचानक बिरामी भई उपचारका लागि काठमाडौँ लगिएकाे थिए ।
वडाध्यक्ष विष्टको निधनप्रति गाउँपालिकाले बुधबार एक दिन शोक बिदा दिएको छ भने आधा झण्डा झुकाइएको छ ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

