बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै

काठमाडाैं | चैत ६, २०८२

बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै

काठमाडौँ — प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ ।

 

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो ।

 

रास्वपा उपसभापति वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने तय गरिएको हो ।  पार्टीका चार नेताबीच सरकार गठनका विषयमा राजधानीको रोयल सिंगी होटलमा छलफल भएको हो ।

 

सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय भएको छ । सांसदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीमा शाहले चैत १३ गते शपथ लिने तय भएको हो ।

 

रास्वपाका शीर्ष नेताहरूको छलफलमा चैत १३ गते नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ ।

 

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। रास्वपाले शाहकै नेतृत्वमा सरकार गठन गर्ने भएको हो ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्