पापाको ह्याट्रिकमा फ्रेन्डसविरुद्ध प्लानिङ ब्वाइजको सहज जीत
क्वाटरमा उज्वेकिस्तानसँग भिड्ने
पाेखरा | फागुन १, २०८२
PHOTO: SUDARSHAN RANJIT
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा प्लानिङ ब्याइज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा फ्रेन्डस् क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
प्लानिङ ब्वाइजको जीतमा पापा इबोइकिबेले ह्याट्रिक पूरा गरे । पहिलो हाफको २७ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एलेक्स वीलियनले पहिलो गोल गरे ।
फ्रेन्डस्का खेमराज श्रेष्ठले डिबक्समा ह्याण्ड गरेपछि प्लानिङ ब्याइजले पेनाल्टीको मौका पाएको थियो ।
यस्तै खेलको ४५ औं मिनेटमा पापा इबोइकिबेले दोस्रो गोल गर्दै अन्तरलाई दोब्बर बनाए । फेरि उनै पापाले खेलको ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गरे । र टोलीलाई ३ गोलको अग्रता दिलाए ।
उनले ८१ औं मिनेटमा अर्काे गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रेन्डस् क्लबलाई ४–० को गोल अन्तरले पराजित गर्न योगदान दिए । खेलबाट उनै पापा म्यान अफ द म्याच घोषित भए ।
अब प्लानिङ ब्याइज युनाइटेडले आगामी ५ गते आभा एफसी उज्वेकिस्तानको सामना गर्नेछ ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलका रुपमा भोलि (शनिबार) आयोजक सहारा क्लब र विभागीग नेपाल पुलिस क्लब दिउँसो ३ बजे भिड्नेछन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

