पोखरामा मनोहर कप भलिबल सुरु

पाेखरा | पुस ३०, २०८२

पोखरामा मनोहर कप भलिबल सुरु

पोखरा–१४ मनकामना टोलमा मनोहर कप तेस्रो क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । 

 

मनोहर युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरे ।

 

उद्घाटन गर्दै मन्त्री थापाले एकआपसमा सौहार्दता वृद्धि गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिताका लागि आफुले मन्त्रालयकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

प्रतियोगिताअन्तर्गत पहिलो दिन आयोजक मनोहर युवा क्लब ‘ए’ र  पोखरा युनाइटेढ अर्को चरणमा प्रवेश गरे । 

 

आयोजक टोलीले गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत ग¥यो । 

 

दोस्रो खेलमा कप्स एण्ड विडर्सको अनुपस्थितीमा पोखरा युनाइटेड वाकओभरमार्फत अर्को चरणमा प्रवेश ग¥यो । 

 

१४ टोली सहभागी प्रतियोगितामा भोलि ४ खेल हुनेछन् । 

 

भोलिको पहिलो खेल बिहान ८ बजे नवज्योति पोखरा–१४ र मादी–७ बीच हुनेछ ।

 

माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १ लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीलाई १ लाख १ हजार १११ रुपैयाँ प्रदान गरिनेछ ।

 

सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्

पोखरा ।    ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ ...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ ।    प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्र...

थप पढ्नुहोस्