प्रहरीलाई स्थानीय भाषाको ज्ञान नहुँदा समस्या
मुस्ताङ | पुस २१, २०८२
मुस्ताङ: यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी एकाइ कार्यालय छन् । यसमध्ये १० प्रहरी एकाइ कार्यालयको आफ्नै भवन छैन । कार्यालय भवन नभएका यहाँस्थित प्रहरी एकाइ हालसम्म पनि विभिन्न व्यक्ति तथा संघ संस्थाको भवनमा आश्रय लिइरहेका छन् ।
जिल्ला मुस्ताङ प्रहरी कार्यालयमातहतको प्रहरी एकाइहरूको आफ्नै भवन संरचना नहुँदा यहाँ कार्यरत प्रहरी सुरक्षाकर्मीलाई विभिन्न प्रकारका समस्या र चुनौती भोग्नुपर्ने बाध्यता रही आएको छ ।
भौगोलिक विकटता कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद मुस्ताङका प्रहरी एकाइहरूले वर्षौंवर्ष पुरानो परम्परागत ढुंगामाटोले बनेको कच्ची भवनमा कार्यसम्पादन गर्नुपर्ने अवस्था छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यहाँका १९ प्रहरी एकाइमध्ये चार एकाइ कार्यालय विभिन्न व्यक्तिको घरमा भाडामा बस्दै आइरहेका छन् । प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित प्रहरी चौकी कागबेनी, थासाङ—२ कोवाङस्थित प्रहरी चौकी कोवाङ, घरपझोङ—४ जोमसोम पर्यटक प्रहरी (जोमसोम) र घरपझोङ—३ एक्लेभट्टी जिल्ला ट्राफिक कार्यालय विभिन्न व्यक्तिको घर भाडामा लिएर बसेका छन् ।
यहाँका भाडाका भवनमा बसेका यी प्रहरी एकाइको कार्यालयको खर्चको लागि जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी गर्ने गरिएको छ ।
यसैगरी मुस्ताङ प्रहरीका १९ प्रहरी एकाइमध्ये ६ प्रहरी एकाइ विभिन्न संघसंस्थाको स्वामित्वमा रहेको भवनमा बस्दै आइरहेका छन् । माथिल्लो मुस्ताङको नेपाल—चीन सिमाना नजिकै रहेको प्रहरी चौकी छोसेर लोमान्थाङ–२ छोसेर न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको भवनमा बस्दै आएको छ ।
सीमा नाका र भन्सार कार्यालयको सुरक्षाका लागि खटिएको प्रहरी चौकी छोसेर वर्षांैवर्षदेखि भन्सारको भवनमा आश्रय लिएर बसेको हो । यद्दपि त्यहाँ प्रहरी एकाइका लागि नेपाल सरकारबाट १३ रोपनी जग्गा प्राप्ति भइसकेको लामो समय वितिसक्दा पनि प्रहरी एकाइको आफ्नै भवन संरचना बन्न सकेको छैन ।
माथिल्लो मुस्ताङको लोमान्थाङ—२ स्थित छोन्हुप प्रहरी चौकी पनि सङ्घीयता अघिको पुरानो गाविस भवनमा ओत लाग्न बाध्य छ । स्थानीयको शान्ति सुरक्षाका लागि खटिएका त्यहाँ कार्यरत प्रहरी एकाइका सुरक्षाकर्मीलाई जीर्ण भवनमा बसेर काम गर्नुपर्दाको समस्या र चुनौती बेग्लै छ ।
माथिल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिका—५ स्थित सुर्खाङ प्रहरीचौकी त्यहाँको ढी प्रथमिक विद्यालयको भवनमा बस्दै आएको छ । सोही पालिकाको लोघेकर—२ स्थित घमी प्रहरी चौकीे एक्यापको भवनमा बस्दै आएको छ, भने लोघेकर दामोदरकुण्ड—१ स्थित चराङ प्रहरीचौकी सकारी विद्यालयको भवनमा बस्दैआएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यसैगरी यहाँको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङस्थित इलाका प्रहरी कार्यालय छुसाङ आमा समूहको भवनमा बस्दैआएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।
मुस्ताङ प्रहरी मातहतका १९ वटा प्रहरी एकाइमध्ये चार वटा प्रहरी एकाइमध्ये इलाका प्रहरी कार्यालय छुसाङ मात्रै संस्थाको भवनमा बसेको हो । अन्य तीन इलाका प्रहरी कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ ।
यहाँस्थित मुस्ताङ प्रहरीका १९ वटा एकाइमध्ये जिल्ला प्रहरी कार्यालय मुस्ताङ, इलाका प्रहरी कार्यालय लोमान्थाङ, इलाका प्रहरी कार्यालय मुक्तिनाथ र इलाका प्रहरी कार्यालय लेतेको आफ्नै भवनबाट प्रहरी कार्यसम्पादन भइरहेको छ । प्रहरी एकाइमध्ये प्रहरी चौकी अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घाँसामा प्रहरी चौकीको पनि आफ्नै भवन बनेर प्रहरी कार्यसम्पादन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लामा प्रहरीको ३१३ जनाको दरबन्दी रहेको छ । हाल जिल्ला प्रहरी कार्यालय मातहत २१४ जना प्रहरी सुरक्षाकर्मी कार्यरत रहेको प्रनाउ लामाले बताए ।
भौगोलिक रुपले विकट मुस्ताङका दुरदराजका प्रहरी एकाइका सुरक्षाकर्मीलाई स्थानीय भाषाको ज्ञान नहुँदा समुदायमा रहेर काम गर्न अप्ठेरो पर्ने गरेको छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...
काठमाडौंः: नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १/१ जना ...
पर्सा: सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वप...

