सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडाैं | कात्तिक १५, २०८२

सरकार र आन्दोलनरत नर्सबीच सहमति तस्बिर फाइल

काठमाडौं:   सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार ९कात्तिक १५० भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो ।


मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आइतबार (कात्तिक १६)देखि नर्सहरूको आन्दोलनका कार्यक्रम फिर्ता लिइने बताए । सरकार आन्दोलनका क्रममा उठाइएका माग कार्यान्वयनका निम्ति सहमत भएको उनले जानकारी दिए ।


उनले भने, “निजी मेडिकल कलेज तथा ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा सरकारी पाँचौँ तह ३४ हजार ७३० रुपैयाँ न्यूनतम पारिश्रमिक तलब दिने सहमति भएको छ । यसैगरी, निजी अस्पतालले क्षमताअनुसार हाललाई ८० प्रतिशत तलब दिनुपर्ने र एक महिनामा अस्पतालको वर्गीकरण गरेर सरकारीसरह तलब पुर्‍याउने सहमति भएको छ ।”


डा। बुढाथोकीका अनुसार, यो विषयमा अध्ययन र आवश्यक सिफारिस गर्न गठित कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेस गरेपछि बाँकी अस्पतालले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब दिनुपर्नेछ ।


सरकारले यसअघि नर्सका माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको थियो । शनिबारको वार्तामा स्वास्थ्यमन्त्री डा। सुधा शर्मा गौतमसहित मन्त्रालयका सचिव डा। विकास देवकोटा, प्रवक्ता बुढाथोकी तथा नर्सिङ संघ र निजी मेडिकल कलेजका पदाधिकारीको उपस्थिति थियो ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्