मुग्लिन-नारायणगढ सडक आज दिउँसो २ घण्टा बन्द हुने

चितवन | असोज ६, २०८२

मुग्लिन-नारायणगढ सडक आज दिउँसो २ घण्टा बन्द हुने तस्बिर फाइल

चितवन:  मुग्लिन-नारायणगढ सडक खण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ। 


चितवनको इच्छाकामनास्थित तुइनखोला पुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडकलाई दुईतर्फी गर्ने उद्देश्यले सोमबार दिउँसो एक बजेदेखि तीन बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो। 


सडक डिभिजन कार्यालय भरतपुरले केहीबेरअघि सूचना जारी गर्दै हाल एकतर्फी गाडी गुडिरहेको सडकमा दुईतर्फी नै गाडी सञ्चालन गर्ने उद्देश्यले दुई घण्टा सवारी रोक्न लागिएको जनाएको छ। 


‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै हाल सडक एकतर्फी संचालनमा रहेको छ। पहिरो पूर्ण रूपमा हटाएर उक्त सडक दुईतर्फि संचालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकि बाँकी रहेको पहिरो हटाउने कार्य सुचारू गरिने व्यहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ। 


दुई दिनसम्म पूर्णरुपमा अवरुद्ध रहेको नारायणगढ(मुग्लिन सडकको पहिरो हटाएपछि आइतबार साँझदेखि एकतर्फी गाडी चलेका थिए। तर, तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको थियो। त्यो पहिरो पनि हटाएपछि आज बिहानबाट फेरि यो सडकमा एकतर्फी गाडी चलेका थिए। 


अब दुईतर्फी नै गाडी चलाउने उद्देश्यले सडकको सबै पहिरो हटाउन लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। 

काठमाडौं: नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा। मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भए...

थप पढ्नुहोस्

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्।  आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ...

थप पढ्नुहोस्

काठमाडौं:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।&n...

थप पढ्नुहोस्