कास्की कांग्रेसद्धारा पार्टीको विशेष महाधिवेशनको माग

पाेखरा | असोज ५, २०८२

कास्की कांग्रेसद्धारा पार्टीको विशेष महाधिवेशनको माग

पोखराः   नेपाली कांग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । नेपाली काँग्रेसको आइतबार बसेको बैठकले देशको पछिल्लो अवस्थाका वारेमा गम्भिर समिक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।
 

त्यसैगरी बैठकले यथाशिघ्र क्रियाशिल सदस्यता नविकरण गरी यहि मंसिर भित्र नै विशेष महाधिवेशन गर्ने त्यसो नभएमा १४ औं महाधिवेशनका प्रतिनिधिहरुबाट नै विशेष महाधिवेशनको माग गर्ने निर्णण गरिएको प्रवक्ता सिग्देलले जानकारी दिए ।
 

बैठकले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री आरजु देउवा राणा माथिको आक्रमण तोडफोड र आगजानीको घटना प्रति घोर निन्दा तथा भत्सर्ना गरेको छ ।
 

नेपाली काँग्रेस कास्कीका कार्यवहाक सभापति रामवावु भण्डारीको अध्यक्षतामा आइतबार वसेको बैठकले देशभर भएको सरकारी तथा व्यक्तिगत सम्पतीमाथिको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै त्यसको भत्सर्ना गरेको हो ।
 

त्यसैगरी जिल्ला पार्टी कार्यालय, चिप्लेढु·ामा रहेको विपि कोइरालाको शालिक, हरिचोकमा रहेको शहिद हरिप्रसाद गुरुङको शालिकसँगै अन्य शहिदहरुको शालिक तोडफोड तथा आगजनिको निन्दा गरेको छ ।
 

बैठकले पार्टी कार्यलार्य पुननिर्माण तथा विपि कोइराला र शहिद हरिप्रसाद गुरुङको शालिक पुनस्थापना गर्नका लागि पार्टीका साथीहरुसँग सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ।
 

पार्टी कार्यालयको क्षती मूल्याड्ढन र पुननिर्माणको लागत पेश गर्ने जिम्मा जिल्ला कार्यसमिति सदस्य ई. सागर मोहन भट्टराईलाई जिम्मा दिइएको छ । साथै कास्की जिल्ला माताहातमा रहेका क्षेत्र, प्रदेश सभा, पालिका र सम्पूर्ण वडा कार्यसमितिको तत्काल बैठक वसी पार्टीका साथीहरुलाई क्रियाशिल बनाउन बैकठले आह्वान गरेको छ ।
 

बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्र, प्रदेश सभा र पालिकाका सभापतिहरुको सहभागिता रहेको थियो ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्