सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो

काठमाडाैं | असोज ५, २०८२

सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो FILED PHOTO

काठमाडौं:  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ । 


आज सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला रू दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।


त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 


अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयवासीका लागि आम्दानीको स्रोत बनेको छ ।  दसैँतिहारअघि ग्रामीण क्षेत्रका ढुङ्घेघरलाई लिपपोत गरेर रङ्ग्याउन रत्नेचौरको ...

थप पढ्नुहोस्

ढोरपाटन:   काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरि...

थप पढ्नुहोस्

चितवन:  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरु गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो...

थप पढ्नुहोस्