आज राष्ट्रिय शोक: राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडाैं | असोज १, २०८२

आज राष्ट्रिय शोक: राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौं:  जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । 


मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । 


भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा प्रदर्शन गरेका थिए । 


उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा भदौ २४ गते मुलुकभर प्रदर्शन भएको थियो । 


दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७२ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी संरचनामाथि आगजानीसमेत भएको थियो । 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।    पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ...

थप पढ्नुहोस्

काठमाडौँ:   प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् ।   निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्ति...

थप पढ्नुहोस्

 पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् ।   विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...

थप पढ्नुहोस्