पाल्पा हाउसमा खुल्यो सामसुङ प्लाजा
पाेखरा | भदौ १५, २०८२
पोखरा: सामसुङको आधिकारिक ब्रान्डेड शो रूम पोखरामा खुलेको छ ।
पोखराको न्युरोडस्थित पाल्पा हाउस रहेको भवनमा नागार्जुन ट्रेडिङ हाउस सामसुङ प्लाजाको आइतबार उद्घाटन गरियो ।
हिम इलेक्ट्रोनिक्सका डाइरेक्टर सीमा गोल्छाले शोरूमको उद्घाटन गरेकी हुन् ।
नागार्जुन ट्रेडिङ हाउसका प्रोपाइटर जनपुकार मुनकर्मीका अनुसार यो सामसुङ प्लाजा पश्चिम नेपालकै सबैभन्दा ठुलो प्लाजा हो ।
यहाँ सामसुङ ब्रान्डका टिभी, मोबाइल, फ्रिज, वासिन मेसिन, फ्यान, माइक्रो ओभन, एसी लगायतका सामान पाइने उनले बताए । पृथ्वीनारायण क्याम्पसका पूर्व प्राध्यापक मुनकर्मी पाल्पाली समाज पोखराका सल्लाहकार समेत हुन् । व्यवसाय तथा समाजसो पनि जमिरहेका उनले पोखराको नयाँबजारमा १३ वर्ष अघि नै सामसुङ ब्रान्डको एक्क्लुसिभ शाखा संचालनमा ल्याएका थिए ।
पाल्पा हाउसमा रहेको सामसुङ प्लाजामा ग्राहकलाई भारी छुट दिइएको छ। उनले भने, उद्घाटन अवसरमा हरेक सामानमा ग्राहकले विशेष छुट पाउनुहुनेछ। साथै, दशै तिहार अफर पनि शाखा उद्घाटनकै दिनदेखि सुरू भएको सम्पूर्णमा जानकारी गराउन चाहन्छु ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

