लामाचौर तीज महोत्सव: अन्तर मावि छात्रा भलिबलमा टप्स र शान्त मावि फाइनलमा
पाेखरा | भदौ ८, २०८२
पोखरा: लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२० मा जितेको टप्सले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो ।
यस्तै, दोस्रो सेमिफाइनलमा शान्ता माविले पोखरा युनाइटेडको चुनौती २–१ सेटमा पन्छाउँदै टप्ससँग उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेट २४–२६ मा गुमाएको शान्ताले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको हो । उसले दोस्रो र तेस्रो सेट समान २५–१९ मा जित्न सफल भयो ।
टप्सले पहिलो चरणमा पश्चिमाञ्चल र दोस्रो चरणमा बालमन्दिरलाई हराउँदा शान्तले प्रतिभा र केफ माविलाई पराजित गर्दै विजयी यात्रा जारी राखेका छन् ।
यसैबीच, पहिलो सेमिफाइनलमा टप्सले पास आउट खेलाडी हालेको भनी प्रोटेस्ट परेकामा छानबिनमा त्यस्तो नपाइएको नेपाल भलिबल संघ उपाध्यक्ष यामबहादुर गुरुङले प्रष्ट पारे ।
फाइनल महोत्सव अन्तिम दिन भदौ १० गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ११ टिमले भाग लिएका थिए । पोखरा एक्सपर्ट एजुकेशसन लामाचौर कप अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।
साथै, विधागत उत्कृष्टलाई आकर्षण पुरस्कार छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ को मुख्य आकर्षण लामाचौर कप भलिबल हो ।
इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा भदौ ८ देखि १० गतेसम्म लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक हुँदैछन् । महोत्सवको आइतबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । खेलतर्फ खुला पुरुष भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यहाँका थप आकर्षण हुन् ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

