उत्तर कोरियासँग फराकिलो हारसँगै नेपालको यु–२० एसियन कप सम्भावना सकियो
काठमाडाैं | साउन २५, २०८२
काठमाडौं: नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको हो ।
जित्नै पर्ने खेलमा नेपालले लज्जासपद हार खेप्यो । एकपक्षीय खेलमा उत्तर कोरियाले पहिलो हाफमा पाँच र दोस्रो हाफमा ६ गोल गरेको थियो ।
जितसँगै उत्तर कोरियाले तीन खेलबाट नौ अङ्क जोड्दै सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपबमे ढोका खोलेको छ । दक्षिण कोरियाले समूहको पहिलो खेलमा साउदी अरेबियालाई १५–० र दोस्रो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । नेपालले मान खेलमा चार अङ्क बनायो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा नेपालले साउदी अअरेबियालाई १–० गोलले हराएको थियो । सिङ्गल राउन्ड रोविन लिगका आधारमा सञ्चालित छनोट खेलमा शीर्ष टोली छनोट हुने प्रावधान थियो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ...
काठमाडौँ: प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् । निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्ति...
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् । विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...

