पाँचथरमा ५ दिनदेखि हराइरहेका दाजु–बहिनी मृत भेटिए
पाँचथर | साउन २०, २०८२
सांकेतिक तस्वीर
पाँचथर: पाँचथरको याङवरक गाउँपालिका–१ बिरुवामा बेपत्ता भएका दाजु–बहिनी मृत अवस्थामा भेटिएका छन् ।
गएको साउन १५ गते बिहानदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमाको आज बिहान बिरुवा खोलामा शव भेटिएको हो ।
उनीहरूको शव खोला किनारामा झन्डै दुई सय मिटरको फरकमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिनुभयो । बेपत्ता बालबालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली हिजो च्याङथापू पुगेको थियो ।
शिशिर कक्षा ४ र नानुमा कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययनरत थिए । वडाध्यक्ष खालिङका अनुसार बाबु बिर्खबहादुरले साउन १५ गते बिहान छोराछोरीलाई हजुरआमा कहाँ गएर खाना खाई स्कूल जानू भनेर पठाएको तर त्यसदिनभर उनीहरूको अवस्था थाहा नभएपछि अर्को दिन साउन १६ गतेदेखि खोजी थालिएको थियो ।
मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा हुनुहुन्छ । पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।
पोखरा: नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...
पोखरा: ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेना...
शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्प...

