पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न

पाेखरा | साउन २०, २०८२

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न

पोखरा:   साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ ।


कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारहरूको समेत प्रभावशाली प्रस्तुति रहेको कार्यक्रममा दर्शकको उल्लेखनीय उपस्थिति देखियो। पृथ्वीचोकको माहोल निकै रमाइलो र सांगीतिक बनेको थियो ।


सिनेमा प्रचारका लागि पोखरा आएका पल शाहलाई दर्शकले उत्साहपूर्वक स्वागत गरे । स्टेजमा नै केक काटेर उनको स्वागत गरिएको थियो । जसले कलाकार र फिल्म दुवैप्रति पोखरेली दर्शकको माया झल्किएको छ ।


सिनेमा मोहर को कथावस्तु, प्रस्तुति र कलाकारहरूको समर्पणले नेपाली सिनेमामा नयाँ स्वाद दिने विश्वास गरिएको छ । प्रचारप्रसारको यो शैलीले दर्शक र कलाकारबीचको सम्बन्धलाई अझ बलियो बनाएको देखिन्छ ।


चलचित्र मोहरको कथा पश्चिम नेपालका ग्रामिण परिवेश, सामाजिक द्वन्द्व, प्रेम, र सांस्कृतिक अस्मितालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । फिल्ममा सांगीतिक भावनालाई जीवनकथा सँग जोड्ने प्रयास गरेको अभिनेता पल शाहले जानकारी गराए ।


सिनेमामा पल शाह प्रमुख भूमिकामा छन् भने पारिवारिक सम्बन्ध, प्रेममा विश्वासघात, अनि आत्मसम्मान जस्ता गम्भीर विषयहरूलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । यसले विशेष गरी युवापुस्ता र ग्रामिण परिवेशका दर्शकहरूलाई प्रत्यक्ष रुपमा जोड्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।


पोखरामा आयोजित मोहर साँझमा पल शाहले दर्शकहरूलाई धन्यवाद दिँदै ‘मोहर’ आफ्नो करियरको विशेष सिनेमामध्ये एक भएको उल्लेख गरे ।


चलचित्रको विषयवस्तसँग आफू निक्कै नजिक भएको र सिनेमाको कथाले दर्शकको मन छुने विश्वास उनको छ ।


गायक थानेश्वर गौतमले ‘मोहर’ को गीत दर्शकलाई सुनाए । सिनेमा लोक शैली र जीवन्तताका विषयमा प्रकाश पार्दै मोहरमा समावेश अन्य गीतहरूसमेत समकालीन लोकभावनामा आधारित रहेको जानकारी उनले गराएका छन् ।


सांगीतिक, कथात्मक र दृश्यात्मक दृष्टिले मोहर एक अलग शैलीको सिनेमाका रूपमा चिनिने आँकलन गरिएको छ। 


लोकसंस्कृतिमा आधारित समसामयिक कथावस्तु, लोकप्रिय कलाकारहरूको सहभागिता र संगीतको गहिरो प्रभावले गर्दा चलचित्रले राम्रो स्थान बनाउने विश्वास समेत गरिएको छ । 


ओम प्रतिकको कथा र निर्देशन रहेको मोहरमा पल शाह सँगै अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी लगायतका कलाकारको अभिनय छ । फिल्ममेकर प्रालीको प्रस्तुतिमा निर्माण उक्त सिनेमाका निर्माता चुम्बनजंग शाही हुन् ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।    पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ...

थप पढ्नुहोस्

काठमाडौँ:   प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् ।   निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्ति...

थप पढ्नुहोस्

 पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् ।   विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...

थप पढ्नुहोस्