व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध: मन्त्री थापा
पाेखरा | साउन १७, २०८२
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् ।
“उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । मन्त्री थापाले उद्योगी व्यवसायीहरूलाई भरोसा र आधारका रूपमा परिभाषित गर्दै प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार नहुँदा जनचेतनामा ती काम ओझेलमा परेको स्पष्ट गरे ।
उनका अनुसार प्रदेश सरकार अहिले उद्योगमैत्री नीतिगत संरचना निर्माण, व्यवसाय दर्ता प्रणाली सरलीकरण, सीप विकास तालिम र युवा उद्यमशिलता प्रवद्र्धनमा केन्द्रित छ ।
“उद्यमशील युवाहरूलाई नेपालमै लगानी गर्न प्रेरित गर्दै हामीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको सीप विकास तालिम केन्द्रबाट १९ किसिमका तालिम सञ्चालन गर्दै आएका छौं”, उनले जानकारी गराए ।
तालिम लिएर स्वदेशमा नै उद्यम वा व्यवसाय गर्न चाहने युवालाई प्रदेश सरकारले ब्युपुँजी तथा बैंक ऋणको ५०५ अनुदान उपलब्ध गराउने कार्यक्रम समेत ल्याएको भनाई उनको छ ।
मन्त्री थापाले गण्डकी प्रदेश सरकारले उद्योग–लगानी सम्मेलन गर्ने तयारी गरिरहेको र स्वदेशी तथा विदेशी लगानीकर्तालाई उद्योग स्थापनामा प्रोत्साहित गर्ने वातावरण निर्माण तर्फ लागिरहेको धारणा राखे ।
शासन व्यवस्थामा सुधार ल्याउन शिक्षा परामर्श संस्थाहरुको दर्ता–नवीकरण अब पोखराबाटै हुने व्यवस्था मिलाइएको र कम्पनी रजिस्टारको युनिट समेत प्रदेशमा नै स्थापना गर्न लबिङ गरिरहेको उनले जानकारी गराए ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको भूमिका उल्लेखनीय रहेको भन्दै मन्त्री थापाले व्यापार प्रवद्र्धन, व्यवसायिक एकता र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाको प्रयासको प्रशंसा गरे ।
२७ औं साधारण सभा तथा १४औं अधिवेशनले एशोसियसनलाई अझ सुदृढ बनाउने र व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग गर्नेमा उनी विश्वस्त छन् ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

