लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने

पाेखरा | साउन १५, २०८२

लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने

पोखरा: नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ«े गाउँपालिकाकोे आयोजनामा भोलि माछापुच्छ«े गाउँपालिकाको वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने भएको छ ।
    

नेपाल सरकारले “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार” भन्ने नाराका साथ यसै वर्षदेखि साउनको १६ गते राष्ट्रिय कोदो दिवस मनाउन गइरहेका सन्दर्भमा लाहाचोकमा पहिलो कोदो महोत्सव गर्न लागिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिनुभयो ।
    

महोत्सवका अवसरमा ख्यातीप्राप्त जनगायक जीवन शर्माका साथै स्थानीय कलाकारको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसँगै पञ्चेवाजाका साथमा आमा समूहहरूबीच कोदो रोपाई प्रतियोगिता समेत गरिने भएको उहाँले बताउनुभयो ।
    

“हामीहरू स्वदेशी उत्पादनमा  आत्मनिर्भर बन्नु आवश्यक छ”, उहाँले भन्नुुभयो, “कोदोजन्य बालीको प्रवद्र्धन गर्दै यसतर्फ कृषकलाई आकर्षित गरी उत्पादन बढाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको हो ।”
    

कोदो वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने यसको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ ।
    

विशेष गरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् । कोदोको उत्पादन घट्दै गए पनि यसको माग भने अत्यधिक बढ्दै गएको पाइन्छ । कोदोबाट रोटी, ढिँडो, पुवा जस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ ।
    

महोत्सव मार्फत बहुउपयोगी कोदो खेतीप्रतिको आकर्षण बढाउन खोजिएको गुरुङले बताउनुभयो ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्