पोखरामा “तमु जातिको शैक्षिक अवस्था र अबको शिक्षा”विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न

पाेखरा | साउन २४, २०७९

पोखरामा “तमु जातिको शैक्षिक अवस्था र अबको शिक्षा”विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न

 

पोखर । २८ औं विश्व आदिवासी दिवसमा तमु धिं नेपालले यसै वर्ष एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई सम्मानसहित“तमु जातिको शैक्षिक अवस्था र अबको शिक्षा”विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले तमुहरुले अब देशमै शासन प्रशासनमा पुग्ने र विश्व जगतमा बिक्ने शिक्षामा जोड दिनुपर्ने मार्गनिर्देशन गर्नुभयो। 

 

उहाँले शैक्षिक, प्रशासनिक, राजनीतिक, व्यवसायिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा नाम कमाएका तमुहरुको उदाहरण प्रस्तुत गर्नुहुदै प्रमाणपत्र थन्किने अर्थात खाडी र मलेशिया दौडनुपर्ने शिक्षा नभई नेपालमै शासन प्रशासन, निति योजना निर्माण गर्ने, नयाँ क्षेत्रहरुलाई सम्बोधन गर्ने र विश्वमा माग भएका शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो। यी सबैका मुलभुत विषय भनेको विज्ञान, गणित र अग्रेजी भएको भन्दै उहाँले विज्ञान, प्रविधी, इञ्जिनियरिङसँग सम्बन्धित आइटी, इन्टरप्रेनरशिप, टुरिजम एण्ड मेनेजमेण्ट, माइन्स इञ्जिनियरिङ, टनेल इञ्जिनियरिङ, माउण्टेन एग्रिकल्चर, मेडिकल साइन्स, कानुन, जर्नालिजम जस्ता विषयहरु विद्यार्थीहरुको रोजाई हुनुपर्दछ उहाँको भनाई थियो। विद्यार्थीको रोजाई राम्रो हुनुपर्दछ र अभिभावकले आवाश्यक सहयोग र उचित नियन्त्रण गर्न जरुरी रहेको कुलपति गुरुङको आग्रह थियो। यसरी नै संघ संस्थाहरुले यसरी नै अनुशिक्षण, प्रशिक्षण कार्यक्रम नियमित रुपमा अघि बढाउन आग्रह गर्दै शासन, प्रशासन, शैक्षिक विषयमा कुनै सल्लाह सुझाव चाहिएमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने उहाँको भनाई थियो।

 

तमु धिं नेपालमा आयोजित कार्यक्रम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कुलपति प्रा.डा.गणेशमान गुरुङ र  डा.चन्द्रबहादुर गुरुङले एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई बधाई, सम्मान र आर्शिवाद प्रदान गर्नुभएको थियो भने तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले शुभकामना, तमु धिं नेपालका केन्द्रिय सदस्य एवम शिक्षा विभाग संयोजक श्रीजंग गुरुङले स्वागत, वरिष्ठ उपाध्यक्ष  सुमे.श्रीप्रसाद गुरुङले धन्यवाद व्यक्त र सचिव जुमकाजी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ ।  नेत्रविक्रम चन्दको  नेतृत्वमा ...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ ।  अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...

थप पढ्नुहोस्

कञ्चनपुर:    पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...

थप पढ्नुहोस्