राष्ट्रिय आमन्त्रित भलिबल खेल्न सञ्जुको कप्तानीमा गण्डकीको टोली घोषणा

पाेखरा | असार ३१, २०८२

राष्ट्रिय आमन्त्रित भलिबल खेल्न सञ्जुको कप्तानीमा गण्डकीको टोली घोषणा

पोखरा:   गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा  गरेको छ  ।

 
लुम्बिनी प्रदेशको रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका–११ मा श्री हिमालय श्रृखला चौरी यूवा क्लबले आयोजना गरेको राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन गण्डकीले सञ्जुकोे कप्तानीमा टोली घोषणा गरेको हो । 


गण्डकी प्रदेश भलिबल संघका अनुसार सञ्जु विक्रम शाह (टिम कप्तान), राजन दर्लामी मगर, हिमाल सुनारी, कुञ्जन शाही ठकुरी, विवश आले मगर, सन्तोष वि.क, उमेश सेन्चुरी, विश्वास अधिकारी, सुपेन्द्र परियार, संजोग परियार, सुगम सुनार रहेका छन् । 


यस्तै टिम प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा राजेन्द्र जिसी र व्यवस्थापकमा पूर्ण बहादुर गुरुङ रहेका छन् । 


साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकीसहित नेपाल पुलिस क्लब, एपिएफ क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, भगवति माई दैलेख र  कोशी प्रदेशको सहभागिता रहनेछ । 


चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले २ लाख सान्त्वना हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


६ टिमको सहभागिता रहने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा ३जना विदेशी खेलाडी समावेश गर्न पाइने आयोजकले जनाएको छ । 


 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्