श्रीकृष्ण प्रणामी मन्दिर पोखरा रत्नचोकमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन  हुने

पाेखरा | असार ३०, २०८२

श्रीकृष्ण प्रणामी मन्दिर पोखरा रत्नचोकमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन  हुने

पोखरा:   श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा–८ रत्नचोकको आयोजनामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ । 


विगतका वर्षहरुमा जस्तै श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा आगामी अषाढ ३१ गते श्रावण कृष्ण पञ्चमी देखि श्रावण ३१ भाद्र कृष्ण अष्टमी सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको आयोजना गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्री कृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । 


एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा आगामी असार ३१ गते पोखरामा कलश यात्रा सहित कार्यक्रमको शुभारम्भ गरिने बताउदै अध्यक्ष ढकालले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि श्रद्धालु भक्तजनहरुको साथ र सहयोगले कार्यक्रमले सफलता पाउने बताए । 


आषाढ ३१ गतेदेखि सुरु हुने एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन कार्यक्रम हुने र उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गर्ने  समितिका उपाध्यक्ष कार्यक्रम संयोजक केशव प्रसाद बरालले जानकारी दिए ।

 
बिगतका वर्षहरुमा सञ्चालित श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा पोखरेली तथा छिमेकी जिल्लाका भक्तजनहरुको उल्लासपूर्ण उपस्थितीले कार्यक्रम सम्पन्न भएको र यसपटक पनि भक्तजनहरुको साथ र सहयोग सहित कार्यक्रममा सहभागीताका लागि समितिका सचिव लक्ष्मण बरालले आग्रह गरेका छन ।

पोर्चुगल:  वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वि...

थप पढ्नुहोस्

काठमाडौं:  जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा ...

थप पढ्नुहोस्