टी–२० विश्वकप छनोट: आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडाैं | असार २९, २०८२

काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटको तयारीका लागि मोहम्मद आदिल आलमसहित ३२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले आइतबार खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । यसअघि खेल मिलेमतोको आरोप लागेका आदिल करिब तीन वर्षपछि प्रशिक्षण टोलीमा अटाउनुभएको हो ।
उहाँ मिलेमतोको आरोपमा प्रतिबन्धमा पर्नुभएको थियो । आरोप प्रमाणित नभएपछि उहाँ प्रतिबन्ध फुकुवा हुनुभएको थियो । यस्तै टोलीमा यु–१९ टोलीका युवराज खत्रीले पनि स्थान बनाउनुभएको छ ।
अक्टोबरमा ओमानमा आयोजना हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कुवेत र जापान परेको छ । पहिलो चरणको प्रतिस्पर्धामा सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।
यस्तै समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार रहेको छ । समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र समओले रहेको छ ।
छनोट खेल अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा हुनेछ । सिंगल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् ।
सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
छनोट खेलअघि नेपालले अस्ट्रेलिया भ्रमण गर्नेछ । त्यहाँ नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ ।
प्रशिक्षणमा परेका खेलाडी
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भिम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतीस जिसी, ललित राजवंशी, कमलसिंह ऐरि, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दीपेन्द्र सिंह ऐरि, रुपेश सिंह, बसिर अहमद, युवराज खत्री, किरण ठगुन्ना, मोहम्मद आदिल अलाम, पवन शराफ, शेर मल्ल, शुभ कंसाकर र अर्जुन घर्ती ।
पोखरा: अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्दै छ । फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको बताएको छ । बागमती प्र...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ । नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानु...
काठमाडौं: प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम गरेको बताएका छन् । भानुजयन्तीको अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै ओलीले भानुभक्तले नेपाली मन...