बाहिरबाट ताल्चा लगाएको कोठामा युवती मृत फेला, हत्याको आशंका
धनगढी | असार ९, २०८२
धनगढी: धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत भेटिएकी छिन् ।
डेरा गरेर बस्दै आएकी पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भेटिएकी हुन् । मृतक युवती अविवाहित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको प्रकृति शङ्कास्पद् देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

