टप्स सेकेन्डरी स्कुलमा एसईई कप स्पोर्ट्स फेस्ट
पाेखरा | असार ५, २०८२
पोखरा: पोखराको बुद्धचोकस्थि टप्स सेकेन्डरी स्कुलमा विहीबारदेखि स्पोर्ट्स फेस्ट अन्तर्गत एसईई कप २०८२ सुरु भएको छ । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विद्यालयले स्पोर्टस् फेस्टको आयोजना गरेको हो ।
यही असार १० गतेसम्म संचालन हुने फेस्टमा फुटसल, भलिबल (महिला र पुरुष), बास्केटबल (महिला र पुरुष) र साइन्स क्विज कन्टेस्ट खेल हुनेछन् ।
विद्यालयका खेलकुद संयोजक विमल देवकोटाका अनुसार फुटसलमा ७४ टीमको सहभागिता रहेको छ ।
यसैगरी बास्केटबलमा २४ छात्र र ४ छात्राको टीम, भलिबलमा ४८ छात्र र २२ छात्राको टीमको सहभागिता रहेको छ भने साइन्स क्विजमा ३२ टीम सहभागी हुदैछन् ।
पहिलो दिन भएको बास्केटबल प्रतियोगितामा ५ खेलमात्र भए । देवकोटाले शैक्षिक गतिविधिसंगै खेलकुदको क्षेत्रमा पनि छुट्टै पहिचान बनाउने उद्देश्यसाथ प्रतियोगिताको आयोजना गरिएको बताए ।
स्पोर्टस् फेस्टको उद्घाटन गर्दै पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले खेल गतिविधिले एसईई दिएर बसेका विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताए ।
उनले विद्यार्थीले कितावी ज्ञानले मात्र नभई खेल क्षेत्रबाट पनि आफ्नो भविष्य निर्माण गर्न सक्ने जनाए ।
‘टप्स स्कुल शैक्षिक लगायत खेलकुदजस्ता गतिविधिका माध्ययमबाट देशकै अग्रणी शैक्षिक संस्थाको रुपमा बिकास भएको देख्न चाहन्छु’, उनले भने । कार्कीले प्रतियोगिताका प्रमुख रेफ्री दीपल गुरुङलाई बल हस्तान्तरण गरेका थिए ।
विद्यालयका अध्यक्ष बलबहादुर थापाले यतिबेला टप्स सेकेन्डरी स्कुलका विषयमा पोखरामात्र नभई बाहिरी जिल्लाबासीले पनि चासोको साथ हेरेको बताए ।
आफुहरुले केही वर्षभित्रै विद्यालयलाई उत्कृष्ट बनाउने योजन साथ अघि बढेको भन्दै थापाले यसैक्रममा एसईई दिइ बसेका विद्यार्थीलाई लक्षित गरी खेल प्रतियोगिताको आयोजना गरिएको बताए ।
विद्यालयका प्रवन्ध निर्देशक चन्द्रकान्त बस्ताकोटीले विद्यार्थीमा रहेको खेलकुदको प्रतिभालाई प्रदर्शन गर्ने माध्ययमका रुपमा प्रतियोगिता आयोजना गरिएको बताए ।
विद्यालयका खेलकुद शिक्षक ऋषिसरा थापाले खेलकुद अनुशासन र स्वास्थ्यको प्रतिक रहेको बताइन् ।
साइन्स केमेष्ट्री संयोजक विकल रानाभाटले चालु शैक्षिक सत्रबाट नयाँ व्यवस्थापनका साथ विद्यालय संचालन भएको भन्दै कक्षा ११ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाई सुरु गर्न लागिएको जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक आत्माराम अधिकारीले गरेका थिए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

