गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट: तनहुँको विजयी सुरुवात
पाेखरा | जेठ ३१, २०८२

पोखरा: पोखरा रंगशालामा आजदेखि सुरु भएको तेस्रो गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगितामा तनहुँले बाग्लुङलाई १० रनले पराजित गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको तनहुँले २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । तनहुँका बंश क्षेत्रीले अविजित ७० रनको योगदान दिए । सुप्रिम सुनारले १९ रन, नरेश शाहीले १४ रन, र समीर कँडेलले १० रनको योगदान दिए ।
बाग्लुङका बलर विश्व कार्कीले ३ विकेट लिए भने अश्विन थापा र सन्चार निउरेले समान २–२ विकेट हात पारे ।
१३५ रनको रनको लक्ष्य पछ्याएको बागलुङले २० ओभरमा ६विकेटको क्षतिमा १२४ रनमा समेटियो ।
बागलुङका लागि बिबेक नेपालीले ४९ बलमा ३७ रनको अविजित पारी खेले भने आरस तामाङले १९ रन, चन्द्रदीप यादवले १७ रन र साहिल स्वर्णकारले १९ रन बनाए ।
तनहुँका बलरहरू उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङको रन गति नियन्त्रणमा राख्न सफल भए । वंश क्षेत्रीले बलिङमा पनि २ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बने । साथै, चन्द्रकान्त पौडेलले पनि २ विकेट लिंदा सन्दीप पराजुली र क्रिश अय्यरले १–१ विकेट लिए ।
यस अघि आजनै भएको पहिलो खेलमा समुह ए मा नै स्याङजाले जित दर्ता गरेको छ भने म्याग्दी पराजित भएको छ ।
भोली )आइतबार) पहिलो खेल म्याग्दी र तनहुँ तथा दोस्रो खेल बाग्लुङ र स्याङजाका बीच हुनेछ ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सुरू भएको प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।
शिवकुमार आले मगर, तनहुँ । हामी सबै नेपाली राजनीतिक दल र दलका कार्यकर्ताले समिक्षा गर्नुपर्छ । आत्मालोचित हुनुपर्छ किनभने, देशका प्रमुख राजनीतिक दलहरूले कम्तिमा दलजस्तो बन्ने प्रया...
काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्र...
काठमाडौं: मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।अस...