पोखरामा होटलको छतबाट खसेर युवतीको मृत्यु

दुईछोरा र श्रीमानसँग बुटवलबाट पोखरा घुम्न आएकी थिईन

पाेखरा | जेठ ३१, २०८२

पोखरामा होटलको छतबाट खसेर युवतीको मृत्यु

पोखरा:  पोखरा घुम्न आएकी बुटवलकी युवतीको होटलको छतबाट खसेर गएराति मृत्यु भएको छ । 


पोखरा महानगरपालिका–६ जरेबरस्थित होटल रुद्राक्षको पाचौं तलाबाट खसेर गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । 


‘बुटवलबाट जेठ २९ गते पोखरा घुम्न आएकी भण्डारी होटलको छतबाट खसेर गम्भिर घाइते भएकी थिईन, सूचना अधिकारी बस्नेतले भने, ‘ होटलको छतबाट खसेर गम्भिर घाइते भएकी भण्डारीको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।’


रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रानीवन घर भएकी ३२ वर्षीय सरिता भण्डारी जेठ २९ गते दुईछोरा र श्रीमानसहित पोखरा घुम्न आएकी थिईन् । 


दुईछोरा अहिले होटलमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्