प्रचण्ड कप: पुलिस र एपिएफ उपाधिका लागि भिड्ने
तेस्रो स्थानको लागि डायमण्ड र एभरेष्ट भिड्ने
पाेखरा | जेठ ३०, २०८२
पोखरा: पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा प्रबेश गरेका छन् ।
पोखरा रंगशालाको कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै दुई विभागीय क्लबले उपाधिको लागि स्थान पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट क्लब माथि ३–० को सोझो सेटमा विजयी गर्दै फाइलनमा स्थान पक्का ग¥यो । पुलिसले एभरेष्ट माथि २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।
दोस्रो सेमिफाइनल खेलमा एपिएफले न्यू डायमण्डलाई २५–१७, २६–२४ र २५–१९ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो । शनिबार दुबै टोलीले उपाधिको लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका छन भने तेस्रो स्थानको लागि शनिबार ३ः०० बजे एभेरेष्ट बिरुद्ध न्यु डायमण्ड बिच खेल हुने भएको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले बताए ।
प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

