‘गठबन्धन’ एमालेलाई धुलो चटाउन मात्रै बनेको हो: सचिव अर्याल

कास्की | साउन २२, २०७९

‘गठबन्धन’ एमालेलाई धुलो चटाउन मात्रै बनेको हो: सचिव अर्याल

पाेखरा:  नेकपा एमालेको सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्यालले  पाँच दलीय गठबन्धन एमालेलाई धुलो चटाउन बनेको बताएकी छिन् । 

 

आइतबार नेकपा एमाले गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्यालले अहिलेको गठबन्धन देश विकासका निम्ति नभई एमालेलाई हराउने उद्देश्यसहित बनेको बताएकी हुन् । ‘यो गठबन्धनको उद्देश्य मुलुक बनाउने होइन । जनतालाई सुविधा दिने होइन, उनले भनिन, ‘गठबन्धनको उद्देश्य एमालेलाई कमजोर बनाउने र धुलो चटाउने हो ।’

 

उनले पाँचदलीय गठबन्धन इतिहासको नै असफल र नालायक सरकार भएको आरोप लगाइन् । ‘ यो सरकार सरकार नै हो जस्तो लाग्नदैन । इतिहासको सबभन्दा नालायक र असफल सरकार यो गठबन्धनको सरकार हो, अर्यालले भनिन्, ‘आर्थिक हिसाबले पुरै असफल छ । आर्थिक सुचांकहरु पुरै धारासायी बन्दै छ । राष्ट्रियताको हिसाबले एससिसी हेर्नुस् । एसपिपी हेर्नुस् । दीर्घकालिन रुपमा राष्ट्रलाई नोक्सान हुन्छ । नेपाललाई रणभूमी बनाउने उद्देश्यकासाथ आजा एसपिपी अगाडी बनाउन खोजिएको छ ।’

 

पाँचदलिय गठबन्धन देशका लागि अपवित्र रहेको भन्दै सिमित स्वार्थका लागि गठबन्धन गरिएको दाबी गरे । ‘पढ्नका लागि पुस्तक छैन्, खेतीका लागि मल दिन सरकार तयार छैन् सिमित स्वार्थका गठबन्धन गरिएको छ, उनले भनिन्, यसकै कारण नागरिकले दुःख पाइरहेको अवस्था  छ ।’

 

एमालेलाई पराजित गर्न अहिलेका सरकारले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि मतदान स्थल स्थानान्तरण गर्न लागेको समेत अर्यालले आरोप लगाइन् । ‘एमालेलाई कसरी गर्ने, कसरी मत लुट्ने भनेर मतदान स्थानान्तरण गर्न लागिरहेको छ ।’ उनले भने ।

 

इन्चार्ज अर्यालले सरकारले पेट्रोलियम पदार्थमा अरबौँ रुपैया घोटाला गरेको आरोप लगाउदै गत जेठमा महिनामा तिनपटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको टिप्पणी गरेकी थिइन् ।

 

प्रदेश सरकारले जनविरोधी काम गरेको एमाले गण्डकीको आरोप

 

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकारमा पाँचदलिय गठबन्धन नेतृत्वको गण्डकी प्रदेश सरकारले मनोमानी गरेको भन्दै सरकारले जनविरोधी काम गरेको आरोप लगाएको छ । 

 

नेकपा सरकारले अगाडी सारेको बहुवर्षिय योजनहरुमा राजनीतिक पूर्वाग्रह साँधेर बजेट कटौटी गरेर आयोजना प्रभावित पारेको एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले बताए । 

 

एक निर्वाचन क्षेत्र एक सडकको दीर्घकालिन नीतिलाई निस्तेज पार्ने मनसायले कृषि सडककको आवरण दिएर दिर्घकालिन महत्वको नीतिलाई लत्याएको उनको आरोप छ । 

 

बजेट निर्माणमा सिद्धान्त विपरित विना योजना ल्याउने, आफूखुसी बजेट बनाउने, सत्तापक्षका सांसदहरुलाई प्रति सांसद पाँच करोड बजेट विनियोजन गर्ने तर विपक्षी सांसदलाई दोस्रो दर्जाको सांसदको रुपमा व्यवहार गरेको उल्लेख गरे ।

 

उनले  मन्त्री परिषद सदस्यका मृतक आफन्तको नाममा ट्रष्टको आवरणमा बजेट छुट्टाएर नीजि सम्पत्ति बनाउन खोजको उनले टिप्पणी गरे । चालु आर्थिक वर्षमा सवारी करदेखि घरजग्गा नामसारी गर्दा लाग्ने करमा चरम वृद्धि गरिएको प्रति समेत प्रदेश सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।

पोखरा:     पोखरा  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १७ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पूरा भएको छ । शिक्षाको विकास संगै विद्यार्थी...

थप पढ्नुहोस्

काठमाडौं:    उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको स्पष्ट पार्नुभएको छ ।  काठमाडौँस्थिति चिनियाँ द...

थप पढ्नुहोस्

काठमाडौं:    चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादि...

थप पढ्नुहोस्